मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |
मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |


खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण

रेवती रमण निरौला 160+ समाचार ( )
२४ अशोज २०८१, बिहीबार

लेटाङ । हाल जर्मनीमा बस्दै आउनु भएका लेटाङका पुराना सँस्कृतिकर्मी स्रष्टा खड्ग न्यौपानेको आख्यानात्मक कृति “जर्मनी आप्रवासन र अनुभूति” को बुधबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । 

साहित्य कला संगम लेटाङको आयोजनामा बुधबार लेटाङ ४ स्थित लेटाङ वचत तथा ऋण सहकारी सँस्थाको सभाहलमा भव्य कार्यक्रमकाबीच पुस्तक लोकार्पणसहित पुस्तकको विमर्श कार्यक्रम सम्पन्न गरिएको हो ।  

कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपाने, विशिष्ट अतिथि पूर्वसांसद् घनश्याम खतिवडा, लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्राज्ञ विवस पोख्रेल लगायतले पुस्तक लोकार्पण गर्नुभयो । पुस्तक लोकार्पण भइरहँदा वैजनाथ अधिकारी सँस्कृत विद्याविपठ लेटाङ ९ जाँतेका बटुकहरुले स्वस्ती वाचन गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरुलाई आयोजक साहित्य कला संगम लेटाङका तर्फबाट उपाध्यक्ष गणेश दवाडीले झ्याउरे लयको कवितामार्फत स्वागत गर्नु भएको थियो । 

कार्यक्रममा पुस्तकका भाषा सम्पादक हरि प्रसाद बरालले पुस्तकको भाषशैली बारे जानकारी गराउँदै नेपाली साहित्यले एक नवीन कृति पाएको बताउनुभयो । पुस्तकका बारेमा समीक्षक निर्मला कोइराला र टीका आत्रेयले समीक्षा प्रस्तुत गर्नुभयो । उहाँहरुले पुस्तकमा समावेश भएका प्रसंगहरु बारे सविस्तार जानकारी गराउँदै सबल पक्ष र सुधार गर्नुपर्ने पक्ष बारे उल्लेख गर्नुभयो । 

समीक्षक निर्मला कोइरालाले जर्मनीलाई बुझ्न चाहने जो कोहीका लागि पुस्तक निकै उपयोगी हुने बताउँदै नेपाल र जर्मनीलाई जोड्ने सेतुक रुपमा रहेको टिप्पाणी गर्नुभयो । 

यस्तै समीक्षक टीका आत्रेयले प्रकाशित पुस्तक व्यक्तिगत अनुभुति भन्दा पनि जर्मनीको परिचयको रुपमा रहेको बताउनुभयो । उहाँले जर्नमनीको भाषा, कला, खानपान, सँस्कार तथा पर्यटकीय क्षेत्रबारेको परिचय पुस्तकमा समेटिएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा बोल्दै पूर्वसांसद् घनश्याम खतिवडाले स्रष्टा खड्ग न्यौपानेले जर्मनीमा रहेर पनि पुस्तकका रुपमा नेपालका लागि केहि कुराहरु लिएर आउनु भएकोमा धन्यवाद तथा शुभकामना दिनुभयो ।  


यस्तै लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीले स्रष्टा खड्ग न्यौपानेले जर्मनीमा रहेर पनि हरके वर्ष लेटाङका लागि केहिन–केही दिने गरेको भन्दै प्रशंशा गर्नुभयो । उहाँले लेटाङ नगरपालिका सहित्य सिर्जनामा लाग्नेहरुलाई सहयोग गर्न तयार रहेको भन्दै कला र साहित्य बिना   भौतिक विकासले मात्र यथार्थरुपमा समाजको विकास हुन नसक्ने बताउनुभयो । 

यस्तै साहित्यकार खेम नेपालीले कृतिकार कुनै ठाउँ विशेषको भएपनि उसको कृति वैश्विक हुने भन्दै स्रष्टा खड्ग न्यौपाने लेटाङको भएपनि कृति लेटाङको मात्रै नभएर विश्वकै लागि भएको तर्क गर्नुभयो । 

कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले जर्मनीमा बसोबास गरेपनि हरेक वर्ष आफ्नो जन्मभूमिका लागि कोशेली ल्याउने गरेको भन्दै स्रष्ट खड्ग न्यौपानेलाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा प्रा डा हरिहर भण्डारी, उपाध्यक्ष जीवन काफ्ले, पण्डित शिवनारायण सिंगल, अनिल पौडेल लगायत पूर्वका विभिन्न जिल्लाका स्रष्टाहरु, लेटाङका स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, राजनीतिकर्मीहरु र साहित्यप्रेमि महानुभावहरुको बाक्लो संख्यामा उपस्थिति रहेको थियो । 

कार्यक्रममा साहित्यकार अनिल पौडेलले ३५ वर्षअघि लेटाङको तत्कालिन अवस्थालाई चित्रण गर्दै रचना गर्नु भएको कविता सुनाउनु भयो भने गायक सञ्जिव धिमालले गीत गाएर मनोरञ्जन प्रदान गर्नुभयो । यस्तै स्रष्टाहरु प्रयाग न्यौपाने, उमेश लुइँटेल, तीला लेकाली लगायतले पनि आफ्ना रचना वाचन गर्नुभयो । 

सो अवसरमा पुस्तकका लेखक न्यौपानेको एकल गायन कार्यक्रम समेत सञ्चालन गरिएको थियो । उहाँले मोदनाथ प्रश्रितद्वारा रचित बादल तिम्रो छाति भित्र हाम्रो जस्तै क्रन्दन, माधव प्रसाद घिमिरेको सानो ठूलो भन्ने भेद देखिँदैन र आफ्नै शब्द, स्वर र संगीत रहेको अन्धकारबीच पनि जुनकिरी गीत गाएर उपस्थित मासलाई मनोरञ्जन प्रदान गर्नुभयो । उहाँलाई वाद्यवादनमा जेवी थुलुङ, निरोज शंकर, एकराज मगर र गौरव अधिकारीले साथ दिनु भएको थियो । 

     विराट साहित्य संगम विराटनगरले प्रकाशन गरेको पुस्तकको लोकार्पण कार्यक्रम भने लेटाङ साहित्य कला संगमले आयोजना गरेको हो । सँस्थाका अध्यक्ष डिल्ली प्रसाद ओझाको सभापतित्वमा भएको कार्यक्रम सँस्थाका सचिव पर्शुराम निरौला र सदस्य टंक बरालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा स्थानीय स्काउटका प्रतिनिधिहरुले स्काउट नियम अनुशार अतिथिहरुलाई स्वागत सम्मान गरेका थिए भने सर्वनिर्देशन तारा श्रेष्ठ र सर्वस्वयमसेवक गरिम अधिकारी रहनु भएको थियो ।  


प्रतिक्रिया

भागीरथा सिटौला । १३ कार्तिक २०८१, मङ्गलबार

😑साहित्यकार भाइ खडग न्यौपानेलाइ बधाई छ।उत्तर उत्तर प्रगतिको कामना!!!आउदै गरेको भाइटिकाको पनि शुभकामना ।

Narbahadur Thapa १२ कार्तिक २०८१, सोमबार

सम्पुर्ण माननिय अग्रज हरु लगायत उपस्थित सबै मास् लाई मेरो नया नमस्कार अनि दशैंको शुभकामना🎇🎉🎉🎉

खड्ग न्यौपाने २५ अशोज २०८१, शुक्रबार

समाचार सम्प्रेषणको लागि MK Khabar का रेवतीरमण निरौला भाइलाई आभार र विशेष धन्यवाद र बडा दशैं २०८१ को पावस् अवसरमा हार्दिक मङ्गलमय शुभकामना 🙏🇳🇵👏🎇

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार