मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |
मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |


लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित)

रेवती रमण निरौला 161+ समाचार ( )
२ माघ २०८२, बिहीबार


लेटाङ । लेटाङ नगरपालिकामा आयोजित तेस्रो संस्करणको लेटाङ रन–२०८२ भव्यरूपमा सम्पन्न भएको छ । खेलकुदमार्फत स्वास्थ्य सचेतना, जगाउँदै सामाजिक एकता र लागूऔषध दुव्र्यसनविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजना गरिएको दौड प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो ।   

प्रतियोगिता अन्तरगत खुला पुरुषतर्फको १० किलोमिटर दौडमा अफ्रिकी मुलुक केन्याका धावक जुलियस मुरियुकी वाहोमेले ३० मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । दोस्रो स्थान काठमाडौंका नागेश्वर अहिरले ३१ मिनेट २ सेकेण्डमा प्राप्त गरे भने दमकका हरि रिमाल तेस्रो भए । यस्तै चौथो स्थान लेटाङ–३ का बिक्रम लिम्बुले र पाँचौँ स्थान इलामका राजेन्द्र लिम्बुले हासिल गरे । 

खुला महिलातर्फ नेपाल प्रहरीकी सुमित्रा कुमारी चौधरीले ३७ मिनेट ३२ सेकेण्डमा दौड पूरा गर्दै प्रथम भइन् । दमककी पुष्पा लिम्बू दोस्रो र खोटाङकी दीपा बस्नेत तेस्रो स्थानमा रहँदा उर्लाबारीकी मन्दिरा महतरा चौथो र धरानकी निक्की नेम्बाङ पाँचौँ भइन् । 

यस विधामा पुरुष र महिला दुवैतर्फ प्रथम हुने खेलाडीले ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले ८ हजार तथा चौथो र पाँचौले जनही १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । 

यस्तै लेटाङ नगरपालिकामा बसोबास गर्ने खेलाडीहरूका लागि छुट्टै आयोजना गरिएको हाम्रो लेटाङ विधातर्फ पुरुषमा लेटाङ–३ का विनोद राई र महिलातर्फ लेटाङ–९ की स्मृति राई प्रथम भएका छन् ।

पुरुषतर्फ विनोद राईले ३६ मिनेट २० सेकेण्डमा दूरी पूरा गरि प्रथम स्थान हासिल गर्दा प्रविण बराइली दोश्रो, अमिरहाङ राई तेश्रो, आशिष विश्वकर्मा चौथो र विभाग साह पाँचौ भएका छन् ।  

महिलातर्फ स्मृति राई ५१ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै प्रथम हुँदा सुहाना राई दोस्रो, पूजा राई तेस्रो, नुमा लिम्बू चौथो र शितल लिम्बू पाँचौ भएका छन् । 

यस विधामा प्रथमले ७ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार तथा चौथो र पाँचौले जनही १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।  


भेट्रानतर्फको दौडमा पुरुषतर्फ इटहरीका रेशम लिम्बू र महिलातर्फ धरानकी जमुना लिम्बू प्रथम भएका छन् । रेशम लिम्बूले ३७ मिनेट ३७.४७ सेकेण्डमा दौड पूरा गर्दा धरानका विजय कुमार राई दोस्रो र इलामका अभिन नारायण अधिकारी तेस्रो भए । 

महिलातर्फ जमुना लिम्बूले ५० मिनेट १.६१ सेकेण्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन् भने धरानकी कुसुम लिम्बू दोस्रो र कौशल्या तामाङ तेस्रो भइन् । भेट्रान विधामा प्रथमले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

यस्तै कक्षा ८ मुनिको ३ किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ धरानका रोहनकुमार माझी र छात्रातर्फ वराहक्षेत्रकी करुणा खोङ प्रथम भएका छन् । रोहनकुमार माझीले ९ मिनेट २२ सेकेण्डमा दूरी पूरा गर्दा साहिल देवान दोस्रो र डम्बर पौडेल तेस्रो भए । 

छात्रातर्फ करुणा खोङले १२ मिनेट २ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन् । यस विधामा प्रथमले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले रिबन काटेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । सामाजिक विकास मन्त्री महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका राज्यमन्त्री उमाकान्त गौतम, नेपाल सरकारका पूर्वखेलकुद विकास मन्त्री डिगबहादुर लिम्बू, पूर्वसांसद घनश्याम खतिवडा, संविधानसभा सदस्य उषा गुरुङ, लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, पूर्व नगर प्रमुख शंकर राईलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा भारतको दार्जीलिङबाट आएका पूर्व लागूऔषध प्रयोगकर्ता तथा धावक प्रमुस भुटियाले लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गर्दै स्पीच सुनाउनु भएको थियो । 

तेस्रो संस्करणको रूपमा सम्पन्न लेटाङ रनमा ७ सय ५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा केन्याका अन्तर्राष्ट्रिय खेलाडीसहित नेपालका विभिन्न जिल्लाहरू मोरङ, सुनसरी, झापा, इलाम, भोजपुर, धनकुटा, खोटाङ, पोखरा र काठमाडौंलगायत क्षेत्रबाट खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगितामा आसामान्य शारिरिक अवस्था भएका, एउटा हात नभएका, कान नसुन्ने जस्ता शारिरिक अपांगता भएका धावकहरुले समेत सहभागीता जनाएका थिए ।  

लेटाङ रनमा चार वटा विधामा महिला र पुरुष गरि ८ समूहमा खेलडीहरुले प्रतिस्पर्धा गरेका थिए । खुला रनको महिला पुरुष, हाम्रो लेटाङको महिला र पुरुष, भेट्रानको महिला र पुरुष तथा कक्षा ८ मुनिको छात्र र छात्रा गरि ८ समूहमा खेलाडीहरुले रनमा सहभागिता जनाएका थिए । 

कक्षा ८ मुनिको प्रतिस्पर्धामा सहभागी हुने खेलाडीहरुले ३ किलोमिटर दौड पुरा गरेका थिए भने अन्य ३ वटै विधाका पुरुष र महिला तर्फका खेलाडीहरुले १० किलोमिटर दौड पुरा गरेका थिए ।

लेटाङ रन सफल बनाउन लेटाङ–३ घर भई हाल युकेमा बसोबास गर्दै आएका सन्तोष राईले २ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो भने लेटाङ नगरपालिकाले समेत आवश्यक बजेट व्यवस्थापन गरेको थियो । साथै प्रतियोगितालाई सफल पार्न देश–विदेशबाट व्यक्तिगत तथा संस्थागत सहयोग प्राप्त भएको आयोजक लेटाङ रनका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला भिडियो १     

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला भिडियो २ 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार