मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

पाँच प्रमुख धर्मका अनुयायीहरूलाई एउटै थलोमा ध्यान, संवाद र सहअस्तित्वको अभ्यास गराउने उद्देश्यले सुरु गरिएको यो आयोजनाको हालसम्म भौतिक तथा वित्तीय प्रगति करिब ८० प्रतिशत भएको छ ।
लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित)

रेवती रमण निरौला 161+ समाचार ( )
१६ पौष २०८२, बुधवार

लेटाङ । मोरङको लेटाङ नगरपालिकाले नगरको गौरवको आयोजनाका रूपमा अघि बढाएको अन्तरधार्मिक शान्तिपार्क निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । 

लेटाङ नगरपालिका वडा नम्बर १ राजारानीस्थित ऐतिहासिक राजारानी पोखरी नजिक करिब ६ कठ्ठा क्षेत्रफलमा शान्तिपार्क निर्माणाधिन छ ।   पाँच प्रमुख धर्मका अनुयायीहरूलाई एउटै थलोमा ध्यान, संवाद र सहअस्तित्वको अभ्यास गराउने उद्देश्यले सुरु गरिएको यो आयोजनाको हालसम्म भौतिक तथा वित्तीय प्रगति करिब ८० प्रतिशत भएको छ । 

निर्माण कम्पनी फुलमन डेभलपर्स प्रा.लि.का इन्जिनियर भबिन खत्रीका अनुसार आगामी सम्झौता अवधि भन्दा अघि नै २०८३ सालको बैशाखभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

उहाँका अनुशार भ्याट बाहेक ५ करोड २९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा ठेक्का सम्झौता भन्दा बढी बिजुली वत्ति लगायतको काम समेत थप भएकाले ठेक्का सम्झौता रकम ५ करोड ८३ लाख पुगेको छ । २०८३ कार्तीक महिनासम्म निर्माण गर्ने सम्झौता अनुशार २०८१ जेठदेखि काम सुरु गरिएकोमा सम्झौता अवधि भन्दा पहिले नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनाका साथ धमाधम काम भइरहेको उहाँको भनाइ छ । 

लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीका अनुशार   राष्ट्रिय स्तरकै धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने दीर्घकालीन योजनासहित शन्तिपार्क निर्माण सुरु गरिएको हो ।  संघीय सरकारको ६५ प्रतिशत र लेटाङ नगरपालिकाको ३५ प्रतिशत लागत साझेदारीमा काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । 

चार तले संरचनामा निर्माण भइरहेको शान्तिपार्कमा हिन्दू, बौद्ध, किराँत, इस्लाम र इसाई धर्मका पाँचवटा प्रवेशद्वार रहने व्यवस्था गरिएको छ । प्रत्येक प्रवेशद्वारमार्फत सम्बन्धित धर्मका धर्मग्रन्थ, सांस्कृतिक चिनारी र ऐतिहासिक पक्षहरू अवलोकन गर्न सकिनेछ । सबैभन्दा माथिल्लो तलामा निर्माण हुने भ्यू टावरबाट आसपासको रमणीय प्राकृतिक दृश्य अवलोकन गर्न सकिने व्यवस्था गरिएको वडा नम्बर १ का वडाध्यक्ष विष्णु मगरले जानकारी दिनुभयो ।

शान्तिपार्कमा पाँचै धर्मका धर्मगुरुहरू एउटै मञ्चमा बसेर धर्म, संस्कृति, सहअस्तित्व र शान्तिका विषयमा संवाद गर्ने वातावरण तयार गरिएको जनाइएको छ । धर्मका नाममा भइरहेका विभाजन, द्वन्द्व र हिंसाका घटनाहरूलाई कम गर्न शान्ति, सद्भाव र सहिष्णुताको सन्देश दिने उद्देश्यले आफुले नगर प्रमुख निर्वाचित हुनु भन्दा अघिदेखि नै अन्तर धार्मिक शान्तिपार्कको अवधारणा अघि सारेको नगर प्रमुख लावतीले जानकारी दिनुभयो ।  

‘सबै धर्मको मूल सार अहिंसा र शान्ति’ भन्ने सन्देशलाई व्यवहारमा उतार्ने केन्द्रका रूपमा अन्तरधार्मिक शान्तिपार्क स्थापित हुने विश्वास व्यक्त गरिएको छ । साथै पर्यटन प्रवर्धनसँगै स्थानीय आर्थिक गतिविधि विस्तार हुने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने र लेटाङ नगरपालिकाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलिने अपेक्षा गरिएको छ ।

  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार