मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान

रेवती रमण निरौला 160+ समाचार ( )
२ माघ २०८२, बिहीबार

लेटाङ । इलाका प्रहरी कार्यालय लेटाङले आजदेखि सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु गरेको छ । सडक अनुशासन कायम गरि नगर क्षेत्रमा हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय लेटाङ आजदेखि १० दिने सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु गरेको हो ।

आज लेटाङ नगरपालिकाको मुख्य बजार क्षेत्र प्रवेश गर्ने लेटाङ कानेपोखरी सडकको गंगेचौक क्षेत्रमा व्यारिगेट राखेर अभियानको सुरुवात गरिएको हो । 

लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहले व्यारिगेटमा रिफ्लेक्सन स्टीकर टाँसेर अभियानको सुरुवात गर्नुभयो । 

कार्यक्रममा लेटाङ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, लेटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खड्ग श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका अगुवाहरू, यातायात व्यवसायी, यात्रु तथा सवारी चालकहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

बढ्दो सवारी चापलाई व्यवस्थित गरि सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बजार प्रवेश मार्गमा ब्यारियर गेट राखि रिफ्लेक्टिभ स्टिकर (टाढैबाट टल्किने स्टिकर) टाँसेर अभियान सुरु गरिएको हो । सो अवसरमा सवारी साधनहरूमा  समेत रिफ्लेक्टिभ स्टिकर (टाढैबाट टल्किने स्टिकर) टाँसिएको छ । विशेषगरी रातीको समयमा हुनसक्ने दुर्घटना कम गर्न स्टिकरले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

सो अवसरमा ट्राफिक सचेतनामुलक पर्चा वितरण गरि माइकिङ समेत गरिएको छ । 

सहभागीहरूले बजारको सुरक्षा र व्यवस्थापनका लागि लेटाङ प्रहरीले थालेको यो कार्य प्रशंसनीय रहेको बताएका छन् । 

नगर प्रमुख लावतीले लेटाङलाई सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्न लेटाङ प्रहरीले थालेको अभियानमा नगरपालिकाको सँधै साथ र सहयोग रहने बताउनुभयो । उहाँले यसअघि नै ट्राफिक व्यवस्थापनको काम गर्न खोजेपनि सफल नभएको अवस्थामा इलाका प्रहरी कार्यालय लेटाङले अभियान सुरु गरेकोमा धन्यवाद दिनुभयो ।  

प्रहरी निरीक्षक सागर साहले ब्यारियर गेट र रिफ्लेक्टिभ स्टिकरको प्रयोगले ट्राफिक नियमको पालना गराउन र दुर्घटना घटाउन प्राविधिक रूपमा ठूलो सहयोग पुग्ने जानकारी दिनुभयो ।  

लेटाङ प्रवेश गर्ने अन्य नाकाहरु लेटाङ ९ जाँते र लेटाङ २ बुधबारेमा पनि व्यारियर गेट राखिने उहाँले जानकारी दिनुभयो । १० दिने अभियान अन्तरगत व्यारियर गेट राख्ने, रिफ्लेक्टर स्टीकर टाँस्ने, जेव्रा क्रशिङ बनाउने, सचेतनामुलक पर्चा वितरण गर्ने, ट्राफिक चिन्ह सहितको सचेतनामुलक होर्डिङ बोर्ड राख्ने, सचेतनामुलक जिंगल प्रशारण गर्ने, चालक तथा सहचालकलाई सचेतना जगाउने लगायतका कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार