मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

माघ ४ गतेदेखि सेवा शुभारम्भ हुने
अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर

मोरङ खबर 406+ समाचार ( )
२१ पौष २०८२, सोमबार
लेटाङ । साबिकका करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका विभिन्न करसम्बन्धी सेवाहरू अब लेटाङ नगरपालिकाबाटै उपलब्ध हुने भएका छन् ।
सोमबार लेटाङ नगरपालिकामा कर सेवा सुरु गर्नका लागि लेटाङ नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच कर सेवाहरू स्थानीय तहबाट प्रदान गर्ने विषयमा समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको छ ।
समझदारी पत्रमा आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत केशव रघुवंशी र लेटाङ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शशी राईले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार अब लेटाङ नगरपालिकाबाट स्थायी लेखा नम्बर (PAN) जारी गर्ने, व्यवसायिक स्थायी लेखा नम्बर जारी गर्ने, कर चुक्ताको प्रमाणपत्र प्रदान गर्ने लगायतका सेवाहरू प्रदान गरिनेछ ।
साथै आयकर, मूल्य अभिवृद्धि कर (VAT) र अन्तःशुल्क करसम्बन्धी सेवामा पनि करदातालाई स्थानीय तहबाटै सहजीकरण गरिने भएको छ ।

कर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आन्तरिक राजश्व कार्यालय दमक र लेटाङ नगरपालिकाको समन्वयमा करसम्बन्धी अन्तर्क्रिया कार्यक्रमसमेत सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । यसबाट कर प्रणालीबारे जनचेतना अभिवृद्धि, करदाताका समस्या समाधान तथा कर प्रशासन सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय तहबाटै कर सेवा उपलब्ध भएपछि करदाताले टाढा–टाढा रहेका कार्यालयसम्म धाउनुपर्ने झन्झट हट्ने, समय र खर्चको बचत हुने तथा सेवा प्रवाह छरितो, पारदर्शी र प्रभावकारी हुने विश्वास लिइएको छ ।
लेटाङ नगरपालिकाले संघीय संरचनाअनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको प्रभावकारी प्रयोग गर्दै नागरिकमैत्री सेवा विस्तार गर्ने लक्ष्यका साथ यो समझदारी गरिएको जनाएको छ । आन्तरिक राजश्व कार्यालय दमकले पनि स्थानीय तहसँगको सहकार्यले कर प्रशासन सुदृढ हुने र राजश्व संकलनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले सम्झौतापछि लेटाङ नगरपालिकाका करदाताले आफ्नै नगरपालिकाबाट सहज रूपमा करसम्बन्धी सेवा प्राप्त गर्न सक्ने भएकाले स्थानीय आर्थिक गतिविधि र कर अनुशासनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको बताउनुभयो ।
सोमबार करसम्बन्धी सेवाहरू लेटाङ नगरपालिकाबाटै उपलब्ध गराउने विषयको समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएकोमा कर सेवाको शुभारम्भ भने माघ ४ गते गरिने उहाँले जानकारी दिनुभयो ।

हेर्नुहोस् समझदारीपत्र :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार