मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस

मोरङ खबर 406+ समाचार ( )
१० पौष २०८२, बिहीबार

विराटनगर । नेकपा एमाले मोरङले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेद्वारका लागि दुई दर्जन भन्दा बढीको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । विभिन्न क्लष्टरबाट २८ जनाको नाम सिफारिस गरि केन्द्रमा पठाईएको हो ।

समानुपातिकको खुल्ला तर्फ एमालेका निवर्तमान उपाध्यक्ष गुरु बराल, मोरङ जिल्ला कमिटीका पूर्वअध्यक्ष नरेश पोखरेल, बाबुराम कार्की र हरि घिमिरेको नाम सिफारिस गरिएको छ ।

महिलातर्फ उर्लाबारी नगरपालिकाकी पूर्व उपप्रमुख लक्ष्मी भण्डारी, सरस्वती खरेल, विमला घिमिरे र अञ्जु उपाध्याय लगायतको नाम रहेको छ । आदिवासी /जनजाती तर्फ ज्ञानेश्वर राजवंशी, भूवन सिंह राई, भूराज राई र इर्जालाल राजवंशीको नाम सिफारिस भएको छ ।

जनजाति÷आदिवासी महिलातर्फ धना तामाङ, शान्ति लिम्बु, थारु खुल्ला तर्फ सत्यनारायण चौधरी, थारु महिलामा किरण चौधरी, मधेशी खुल्ला रामलाल साह र रुपनारायण मिश्रको नाम सिफारिस भएको छ ।

अल्पसंख्यक खुल्लामा लुखिराम हस्दा, अल्पसंख्यक महिला अनिता सोरेन, मुस्लिम खुल्लामा मो नूरहसन मिया, ईमाम हैदर र हसन इमाम बक्सको नाम सिफारिस भएको छ ।

मुस्लिम महिला मञ्जिता खातुन, दलित खुल्ला मोहनलाल सरदार, जितनारायण सरदार, डिल्ली विश्वकर्मा, दलित महिला गिता शिखाको नाम सिफारिस भएको एमाले मोरङले जनाएको छ ।

एमालेले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि कुनैपनि मापदण्ड बनाएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार