मुख्य समाचार
इटहरीमा खुल्यो रिसोर्स एजुकेशन हब | लेटाङ राजारानीमा होमस्टे सञ्चालनका लागि रैथाने परिकार बनाउने तालिम सञ्चालन (भिडियोसहित) | लेटाङ जाँतेमा हर्सोल्लासपूर्वक मनाइयो उभौली पर्व, किराँत संग्राहलय तथा भ्यूटावर सञ्चालनमा (भिडियोसहित) | अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई झोला वितरण (भिडियोसहित) | लेटाङ ९ जाँतेमा भव्यताका साथ मनाइयो वुद्ध जयन्ती, विविध साँस्कृतिक झाँकी प्रदर्शन | ‘सुनौलो जून’ हाइकुसंग्रह लोकार्पण | निरौला वन्धू सेवा समाज लेटाङको तेश्रो अधिवेशन तथा उभौली गोठधुप पूजा सम्पन्न | लेटाङमै सुरु भयो क्यान्सरको विशेषज्ञ सेवा, अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो (भिडियोसहित) | लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना (भिडियोसहित) | लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने (भिडियोसहित) |

प्रथम लेटाङ नगर महिला भलिबल कपको उपाधि वडा नं ७ लाई, वडा नम्बर ९ उपविजेता

मोरङ खबर 368+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

-राजु गौतम

लेटाङ । प्रथम लेटाङ नगर महिला भलिबल कपको उपाधि वडा नं ७ ले जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ९ लाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको हो । 

लेटाङ भलिबल कोर्टमा मंगलबार सम्पन्न निकै नै प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं ७ ले वडा नं ९ लाई २५-१८, २२-२५, २५-१८, २५-२७ र १५-० को सेटमा हराएको हो । 

विजेता वडा नं ७ ले उपाधि सहित नगद रु ६८ हजार तथा उपविजेता वडा नं ९ ले ट्रफी सहित नगद ३५ हजार प्राप्त गर्न सफल भएका छन् ।  यसैगरि मंगलबार बिहान सम्पन्न तेस्रो स्थानको खेलमा वडा नं ३ लाई ३-१ को सेटमा पराजित गर्दै वडा नम्बर ४ ले तेश्रो स्थान हासिल गर्न सफल भएको छ । तेश्रो भएको वडा नम्बर ४ ले नगद २० हजार प्राप्त गरेको छ । यस्तै अनुशासित टीम घोषित भएको वडा नम्बर ३ ले नगद ६ हजार प्राप्त गरेको छ । 

विधागत उत्कृष्ट खेलाडीतर्फ वडा नं ३ कि याविन्सा राईले उत्कृष्ट डिफेन्स, वडा नं ७ कि ललिता मगरले उत्कृष्ट लिफ्टर तथा वडा नं ९ कि स्मृति राईले उत्कृष्ट स्पाइकर घोषित हुँदै नगद पुरस्कार प्राप्त गर्न सफल भए । विजेता, उपविजेता, तेस्रो स्थान हात पार्ने टिम, विधागत उत्कृष्ट तथा अनुशाशीत टिमलाई लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने लगायतका अतिथिहरूले पुरस्कार वितरण गर्नुभयो । 

आइतबारदेखि लेटाङ ४ स्थित भलिवल क्लवको खेल मैदानमा शुरु भएर आज सम्पन्न प्रतियोगितामा लेटाङ नगरपालिका भित्रका ९ वटा वडाहरुले सहभागिता जनाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार