मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

प्रथम लेटाङ नगर महिला भलिबल कपको उपाधि वडा नं ७ लाई, वडा नम्बर ९ उपविजेता

मोरङ खबर 407+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

-राजु गौतम

लेटाङ । प्रथम लेटाङ नगर महिला भलिबल कपको उपाधि वडा नं ७ ले जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ९ लाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको हो । 

लेटाङ भलिबल कोर्टमा मंगलबार सम्पन्न निकै नै प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं ७ ले वडा नं ९ लाई २५-१८, २२-२५, २५-१८, २५-२७ र १५-० को सेटमा हराएको हो । 

विजेता वडा नं ७ ले उपाधि सहित नगद रु ६८ हजार तथा उपविजेता वडा नं ९ ले ट्रफी सहित नगद ३५ हजार प्राप्त गर्न सफल भएका छन् ।  यसैगरि मंगलबार बिहान सम्पन्न तेस्रो स्थानको खेलमा वडा नं ३ लाई ३-१ को सेटमा पराजित गर्दै वडा नम्बर ४ ले तेश्रो स्थान हासिल गर्न सफल भएको छ । तेश्रो भएको वडा नम्बर ४ ले नगद २० हजार प्राप्त गरेको छ । यस्तै अनुशासित टीम घोषित भएको वडा नम्बर ३ ले नगद ६ हजार प्राप्त गरेको छ । 

विधागत उत्कृष्ट खेलाडीतर्फ वडा नं ३ कि याविन्सा राईले उत्कृष्ट डिफेन्स, वडा नं ७ कि ललिता मगरले उत्कृष्ट लिफ्टर तथा वडा नं ९ कि स्मृति राईले उत्कृष्ट स्पाइकर घोषित हुँदै नगद पुरस्कार प्राप्त गर्न सफल भए । विजेता, उपविजेता, तेस्रो स्थान हात पार्ने टिम, विधागत उत्कृष्ट तथा अनुशाशीत टिमलाई लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने लगायतका अतिथिहरूले पुरस्कार वितरण गर्नुभयो । 

आइतबारदेखि लेटाङ ४ स्थित भलिवल क्लवको खेल मैदानमा शुरु भएर आज सम्पन्न प्रतियोगितामा लेटाङ नगरपालिका भित्रका ९ वटा वडाहरुले सहभागिता जनाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार