मुख्य समाचार
नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन | लेटाङ ९ जाँतेमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो (भिडियोसहित) | के महाकवि देवकोटा साच्चिकै गरिब थिए ? | नोवेल एजुकेशन जाँते, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन, ग्रीन भ्याल्ली दोश्रो (पदक तालिका सहित) | राजनीतिक इतिहास र सङ्घर्षको यथार्थ दस्ताबेज ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण | मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता | उज्ज्वल वचतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु पुरस्कृत | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग |
मुख्य समाचार
नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन | लेटाङ ९ जाँतेमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो (भिडियोसहित) | के महाकवि देवकोटा साच्चिकै गरिब थिए ? | नोवेल एजुकेशन जाँते, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन, ग्रीन भ्याल्ली दोश्रो (पदक तालिका सहित) | राजनीतिक इतिहास र सङ्घर्षको यथार्थ दस्ताबेज ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण | मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता | उज्ज्वल वचतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु पुरस्कृत | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग |

को हुन् बधाइका पात्र शम्भु धमला ?
यस्तो छ सुन्दरहरैंचाका लेखा अधिकृत पक्राउको रहस्य ! को हुन् बधाइका पात्र शम्भु धमला ?

रेवती रमण निरौला 74+ समाचार ( )
लेखा अधिकृतले व्यागबाट हात झिकेर टेबल मुनि राख्नुभयो, हामीसँग त्यसको भिडियो पनि छ ।
२३ असार २०८०, शनिबार

मोरङ । शुक्रबार सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल घुस रकमसहित कार्यकक्षबाटै पक्राउ परेको समाचार देशव्यापी रुपमा प्रशारित भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ढकाललाई सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । ढकालले लेखा शाखाको आफ्नो टेबलमै बसेर घुस लिएको र तत्काल अख्तियारको टोली पुगेर चेकजाँच गर्दा उनको साथबाट २ लाख रुपैयाँ घुस रकम बरामद भएको थियो । 

     लेखा अधिकृत ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले ढकाललाई पक्राउ गरेको अख्तियारले जनाएको छ । 

       सुन्दरहरैंचा नगरपालिकाको लेखा शाखामा पुगेर लेखा अधिकृत ढकाललाई पक्राउ गरिरहँदा अख्तियारको टोली झण्डै ४ घण्टासम्म नगरपालिकामा रह्यो । यता नगरपालिका बाहिर ठूलो संख्यामा मानिसहरु भेला भएका थिए । उनीहरुमध्ये कतिपयले शम्भु भाइ हाइहाइ, भ्रष्टचारी मुर्दावाद भन्दै नारावाजी गरिरहेका थिए भने सामाजिक सञ्जालमा भ्रष्टाचारीलाई पक्राउ गर्न सफल भएकोमा बधाइ भन्दै शम्भू धमलालाई बधाइको लहर नै चलेको थियो । खासमा लेखा अधिकृत ढकालले २ लाख रुपैयाँ घुस मागेको भनि अख्तियारलाई जानकारी दिएको भन्दै चौतर्फि प्रशंशाको पात्र बनेका शम्भू धमला को हुन् भनेर धेरैलाई कौतुहलता जागेको छ । साथै लेखा अधिकृत पक्राउ पर्नु पछाडीको घटनाक्रम पनि स्पष्टरुपमा बाहिर आएको छैन । हामीले शम्भू धमलासँग सोही विषयमा कुराकानी गरेका छौं । 

अख्तियार बोलाउन यसरी बाध्य बनाइयो (धमलाकै शब्दमा) :

कहिले काहिं मसँग समेत जोडिएर व्यवसायीक काम गर्दै आएका इटहरीका एकजना साथी(अनुसन्धान जारी रहेकाले नाम नखुलाउनु भनिएको छ)ले सुन्दरहरैंचा नगरपालिकामा विजुली, प्लम्विङ, सीसी टीभि र सोलार बत्तीको काम गर्नु भएको रहेछ । उहाँले हाइवेका सोलार बत्तीहरु बनाउने, नगर अस्पताल हरैंचाको विजुली, प्लम्विङ र वडा कार्यालयहरुमा विजुली वत्तिको काम गर्नु भएको रहेछ । तर काम गरेको ५ महिना जति भइसक्दा समेत भुक्तानी दिइएको रहेनछ । सात लाख जति भुक्तानी लिन उल्टै २ लाख दिने भएमात्र भुक्तानी दिन्छु भनेर लेखा अधिकृतले भुक्तानी रोकिराखेका रहेछन् । अधिकृतले पहिले हिसाव मिलाउ अनि भुक्तानी गर्छू भन्नु भएछ मत दिन सक्दिन भन्दा भुक्तानी रोक्नु भएछ,  त्यसको भ्वाइस कल रेकर्ड पनि छ । 

  मैले अरु मानिसहरुबाट समते लेखा अधिकृत बारे गुनाशो सुन्दै आएको थियो । उहाँको कुरा सुनेपछि मलाई झन् चित्तै बुझेन, मैले अख्तियारलाई भन्नु भनेर भने तर उहाँले आँट गर्नु भएन, डराउनु भयो । पटक पटक जाँदा पनि भुक्तानी नदिएपछि अन्त्यमा हामी अख्तियारलाई जानकारी गराउन बाध्य भयौं । त्यसपछि अख्तियारका कर्मचारीले भने अनुशार २ लाख रुपैयाँ पैसा खोजी अख्तियारमा लगेर प्रमाणित गरि ति साथीलाई दिएर लेखा अधिकृतलाई दिन भनि पठायौं र उहाँले लेखा अधिकृतलाई कार्यकक्षमै लगेर दिनुभयो ।  लेखा अधिकृतले व्यागबाट हात झिकेर टेबल मुनि राख्नुभयो, हामीसँग त्यसको भिडियो पनि छ । ति साथी लेखा अधिकृतलाई पैसा दिएर निस्किएपछि लेखा शाखाको बाहिर ढोकामा बसिरहेको अख्तियारको टोली भित्र छिर्यो र पैसा बरामद गर्यो । 

 

 यो घटनामा घुस खाएको होइन, छैन भन्ने ठाउँ नै रहँदैन हामीसँग घुस दिएको भिडियो अडियो सहित छ । यतिका लामो समयसम्म सुन्दरहरैंचामा रहेर उहाँले धेरैलाई दुःख दिनु भएको रहेछ, लेखा अधिकृत पक्राउ परेपछि मलाई धेरैले फोन गर्नुभयो, फेसबुकबाट बधाइ दिनुभयो । सबैले राम्रो काम गर्यौ भन्नु भएको छ । मलाई पनि खुशी लागेको छ, अब हामी युवाहरु नगरपालिकाको हरेक काममा खबरदारी गरेर अघि बढ्न जरुरी छ । हाम्रो पार्टीको नेतृत्व छ भनेर चुप लागेर बस्ने होइन हरेक कुरामा निगरानी गरेर असल नागरिकको भूमिका निर्वाह गर्न सबै लाग्नुपर्छ ।   

को हुन् शम्भू धमला ? 

२७ वर्षिय शम्भू धमला सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ का स्थायी वासिन्दा हुन् । निकै सामान्य आर्थिक अवस्था भएका धमला इलेक्ट्रिकल इञ्जिनियर हुन् । उनले घर, कार्यालयमा विजुली, प्लम्बिङको सप्लाइ तथा कम्प्युटर सप्लायर्सको रुपमा काम गर्दै आएका छन् । सानैदेखि बाल क्लवमा संलग्न भएर सामाजिक रुपमा अघि बढेका धमला रोट्रयाक क्लव अफ सुन्दरहरैंचाका संस्थापक अध्यक्ष हुन् भने सुन्दरहरैंचाका युवाहरुको भ्रष्टाचार विरोधी अभियानका अभियन्ता समेत हुन् । आफ्नो विचार कडारुपमा प्रस्तुत गर्ने र अन्याय अत्याचार विरुद्ध खरो रुपमा उत्रने स्वभाव भएका धमला नेकपा एमाले सुन्दरहरैंचा ४ का अध्यक्ष समेत हुन् ।

सानै उमेरदेखि सामाजिक तथा राजनीतिक रुपमा अघि बढेका उनलाई भविश्यमा सुन्दरहरैंचाकै नेतृत्व गर्न सक्ने उदयमान युवाको रुपमा लिने गरिएको छ । आफुलाई लागेको कुरा जस्तो सुकै ठाउँमा पनि खुलेर बोल्नसक्ने, अन्याय विरुद्ध कडा रुपमा प्रस्तुत हुने र समाजमा परेका बेला जस्तो सुकै सहयोग गर्न पछि नपर्ने धमला स्थानीय क्षेत्रमा पनि उत्तीकै लोकप्रिय छ । तिनै धमलाको सूचनाको आधारमा अख्तियारले लेखा अधिकृत ढकाललाई पक्राउ गरेपछि उनको चौतर्फि प्रशंशा भइरहेको छ ।  


प्रतिक्रिया

इश्वरि प्र ढकाल २५ असार २०८०, सोमबार

धेरैरामराे काम यस्ताकार्यमा मेराेपनि सहयाेग हुनेछ।दुइलाखका भागिदारहरुकाे खाजिगर्नु हरैचानगरबासि जनताकाे आबस्यक छ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार