मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान

मोरङ खबर 406+ समाचार ( )
९ पौष २०८२, बुधवार

लेटाङ । लेटाङ नगरपालिकाले चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थको दिगो उत्खनन, संकलन तथा बिक्री कार्यका लागि राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको छ ।

नगर कार्यपालिकाको कार्यालय, लेटाङले प्रकाशित सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४, प्रदेश आर्थिक ऐन २०८२ तथा आइइइ प्रतिवेदनमा तोकिएका मापदण्डअनुसार उत्खनन कार्य गर्न इच्छुक इजाजतप्राप्त फर्म वा कम्पनीहरूबाट बोलपत्र माग गरिएको हो ।

सूचनाअनुसार चिसाङ, तेली र मोरङी खोलाबाट कुल २ लाख ३२ हजार ३ सय ५६ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न सकिनेछ । यसका लागि न्यूनतम कबोल रकम भ्याट बाहेक ५ करोड ५१ लाख ८९ हजार ६ सय ३२ रुपैयाँ ९६ पैसा तोकिएको छ । बोलपत्र दर्ताका लागि ३ हजार रुपैयाँ शुल्क लाग्नेछ भने कबोल रकमको कम्तीमा ५ प्रतिशत धरौटी रकम अनिवार्य गरिएको छ ।

बोलपत्र सम्बन्धी विस्तृत शर्तहरू धधध।दयउिबतचब।नयख।लउरभनउ मा उपलब्ध रहेको नगरपालिकाले जनाएको छ । सूचना प्रकाशित मितिले ३० दिनभित्र तोकिएको समयसम्म विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्नुपर्नेछ ।

नगरपालिकाले नदीजन्य पदार्थको उत्खननलाई व्यवस्थित, पारदर्शी र वातावरणमैत्री बनाउन यो प्रक्रिया अघि बढाइएको जनाएको छ ।

हेर्नुहोस् बोलपत्र :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार