मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल

मोरङ खबर 406+ समाचार ( )
१६ पौष २०८२, बुधवार

लेटाङ । लेटाङ नगरपालिकाले टोलवासीसँग जनप्रतिनिधि कार्यक्रम अन्तरगत बुधबार साँझ लेटाङ १ राजारानी टोलका स्थानीयवासीसँग छलफल गरेको छ । 

लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र वडाध्यक्ष विष्णुकुमार मगर लगायतको टोलीले बुधबार साँझको समय पारेर लेटाङ १ स्थित राजारानी टोल विकास अन्तरगत पर्ने तल्लो राजारानी र गैरीटोलका टोलवासीसँग छलफल गरेको छ । 

टोलवासी दिनभर विभिन्न कृषि कर्म तथा ज्याला मजदुरीमा व्यस्त हुने भएकाले उनीहरुको फुर्सदको समय साँझतिर पारेर नगर प्रमुख सहितको जनप्रतिनिधिको टोली छलफलका लागि गाउँमा पुगेको हो । 

छलफलका क्रममा स्थानीयवासीले सिंचाइँ, वाख्राको उपचार, केराखेतीमा देखिएको रोगको निदान, खानेपानी र विपन्नको घर निर्माण लगायतका समस्या सुनाएका छन् ।  

जवाफमा नगरप्रमुख लावतीले टोलवासीको समस्या समाधानका लागि नगरपालिकाले आवश्यक काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले छलफलका क्रममा नगरपालिकामार्फत प्रदान गरिने नगर अस्पतालको सेवा, पुश अस्पतालको सेवा, युवायुवातीहरुलाई शीपमुलक तालिमको व्यवस्था लगायतका बारेमा पनि जानकारी गराउनु भएको छ ।  

यसरी नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको टोली टोलमै आएर गुनाशो सुनेकोमा स्थानीयवासीले समेत खुशी लागेको बताएका छन् । उनीहरुले छलफलका क्रममा राखेका समस्या समाधान हुने अपेक्षा समेत गरेको बताएका छन् ।

वडासदस्य गीता मगरको घरमा भएको छलफल कार्यक्रमको अध्यक्षता  राजारानी टोल विकास सँस्थाका अध्यक्ष सुजन मगरले गर्नु भएको थियो । नगरपालिकाले गतवर्षदेखि सुरु गरेको टोल–टोलमा पुगेर जनताको समस्या सुन्ने कार्यक्रम अन्तरगत यसवर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो ।  यसरी टोलवासीसँग जनप्रतिनिधि कार्यक्रममा उठान भएका विषयलाई नगरपालिकाले प्राथमिकताका साथ सम्बोधन गर्ने जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार