इटहरी । नेपाल तरूण दल इटहरी नगर कमिटीले सोमबार पाँचौ नगर अधिवेसन सम्पन्न गरेको छ । इटहरीस्थित रिजाल्स भिजन पार्टी प्यालेसमा भएको अधिवेसनले अनिस सुवेदीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसहमतिमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मनिस चौधरी, सचिवमा सविन निरौला, सहसचिवमा बिक्रम चौधरी, कोषाध्यक्षमा स्मारिका सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरुमा आशुराम चौधरी, बिपिन चौधरी, उत्सब झा, सेवाज खान, मुन्ना खान, जयकुमार चौधरी, रोहन श्रेष्ठ, गणेश चौधरी, सुमन चौधरी, बिशु चौधरी, सूर्य गुरुङ, बिश्वास चौधरी, उमेश कोइराला र बिबेक चौधरी चयन भएका छन् ।
नेपाल तरूण दल सुनसरीका संस्थापक अध्यक्ष जिवन विष्टको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सभा समिति अन्तरगत सुनसरी क्षेत्र नम्बर २ क को नयाँ कार्य समिति पनि गठन गरिएको छ । समितिको अध्यक्षमा विवश विष्ट, उपाध्यक्ष नविन तामाङ, सचिव विशाल क्षेत्री, सहसचिव सालुम मगर र कोषाध्यक्ष हर्ष सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरुमा अप्सन श्रेष्ठ, निसान क्षेत्री, विवश पुरी, रितेस गुरूङ र सिद्धार्थ तामाङ चयन भएका छन् ।
कार्यक्रमलाइ सम्वोधन गर्दै नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले तरुण दल भ्रष्टाचार तथा अन्याय र अत्याचारका विरुद्धमा लड्नका लागी स्थापना गरिएको बताउनुभयो । तरुण दलले युवाहरूलाई एकजुट गरि अगाडि ल्याउने प्रयास गर्दै भन्दै उहाँले विपद्को समयमा पनि तरुण दलका युवाहरू सक्रिय रूपमा अग्रस्थानमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै नेपाल तरूण दल सुनसरीका संस्थापक अध्यक्ष जीवन विष्टले कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दै तरुण दल केवल कांग्रेसको भातृ संगठन मात्र नभइ लोकतान्त्रिक आन्दोलनपछि स्थापित एक महत्वपूर्ण संस्था भएको बताउनुभयो ।
विष्टले तरुण दलका युवाहरूको सक्रियता र प्रतिबद्धताको प्रसंसा गर्दै युवाहरू प्रगति र सकारात्मक परिवर्तनतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले युवाहरूलाई एकजुट गरेर समाजका विभिन्न चुनौतीहरूका विरुद्धमा उभिन र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
अधिवेशनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जीवन विष्टले विभिन्न भूमिकामा नेतृत्वमा रही योगदान पुर्याएको र कुशल नेतृत्व प्रदान गरेको भन्दै इटहरी नगर कमिटीले सम्मानपत्र प्रदान गरि सम्मान गरेको छ ।
दानबहादुर राईको अध्यक्षता तथा दिलकुमार राईको संयोजनमा भएको कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय पार्सद सुबोध घिमिरे, जिल्ला सहसचिव ओम गौतम, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष कालुमान राई, नेपाल तरुण दल जिल्ला प्रतिनिधी दिब्यराज गुरुङ लगायतको सहभागिता रहेको थियो ।