मुख्य समाचार
लेटाङमा बहुजातिय बहुधार्मिक र्याली प्रदर्शन गरिने | विराटनगरको सिंघिया खोलामा महाशिव गंगा आरती सुरु (भिडियोसहित) | सुन्दरहरैंचामा भित्रियो धान रोप्ने मेसिन, रोपाहारले भन्दा ७ गुणा सस्तो (भिडियोसहित) | लेटाङमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरिने (भिडियोसहित) | केराबारीबाट जेफाले जाने सडक बिग्रिएपछि जनश्रमदान गरि मर्मत (भिडियोसहित) | लेटाङ नगरपालिकाको नवनिर्मित इजलास उद्घाटन (भिडियोसहित) | मोरङको लेटाङ जाँतेमा बन्यो विश्वकै ठूलो जाँतोको प्रतिमा (भिडियोसहित) | धर्मदेवीका मेयरको चलाखीपूर्ण कदम, बजेट होलिडेबाट बच्यो धर्मदेवी | धर्मदेवी ५ को सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट सुरु | लेटाङ जाँतेस्थित वसन्त हरियाली सामुदायिक वनलाई जिल्लाकै उत्कृष्ट पुरस्कार |

कालेबुदुली सडक : ठेकेदारले त्रुटी गरेको पूर्वाधार कार्यालयको स्विकारोक्ति, पुनः अनुगमन गरि त्रुटी सच्याइने

रेवती रमण निरौला 70+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

लेटाङ । कालेवुदुली सडक निर्माणका क्रममा लापारवाही भएको भन्दै स्थानीयवासीले गुनासो गरेपछि लेटाङ नगरपालिका र पूर्वाधार कार्यालय विराटनगरको टोलीले निर्माण कार्यको अनुगमन गरेको छ । आज सोमबार नगर प्रमुख भूपेन्द्र कुमार लावती र पूर्वाधार कार्यालय विराटनगरका कन्सल्टेन इञ्जिनियर श्याम वानिया सहितको टोलीले सडक निर्माण कार्यको अनुगमन गरेको हो । 

लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले कालेवुदुली सडकमा साइड ड्रेन निर्माणका क्रममा त्रुटी भएको गुनासो आएपछि अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँले केही समय अघि समेत अनुगमन गरि सडक निर्माणमा त्रुटी नगर्न निर्देशन दिएपनि निर्माण पक्षले अटेर गरेको बताउनुभयो । सडक निर्माणको अनुगमन गर्नुपर्ने निकाय पूर्वाधार विकास कार्यालय विराटनगरले आवश्यक अनुगमन नगरेका कारण निर्माणाधिन सडकमा समस्या देखिएको नगर प्रमुख लावतीको भनाइ छ ।  

यता पूर्वाधार कार्यालय विराटनगरका इञ्जिनियर श्याम वानियाले समेत कार्यालयको तर्फबाट अनुगमन गर्ने कार्यमा कमजोरी भएको स्विकार गर्नुभयो । उहाँले हाल एकजना मात्र सुपरभाईजर खटिएकाले अनुगमन प्रभावकारी हुन नसकेको गुनाशो गर्नुभयो । सुपरभाइजरले अन्यत्रका सडकको समेत अनुगमन गर्ने जिम्मेवारी पाएकाले अनुगम पर्याप्त हुन नसकेको भन्दै उहाँले जनशक्ति थप गरेर प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

लेटाङबाट धनकुटाको ६ नम्बर बुधबारेसम्म जोड्ने सो सडक गत मंसिरदेखि निर्माण थालिएकोमा स्थानीयवासीले गुणस्तरहिन काम भएको बताउँदै शुक्रबारदेखि निर्माण कार्य रोकि दिएका छन् । स्थानीय राज विक्रम राईका अनुशार साईड ड्रेन निर्माणका क्रममा फोस्के ढुंगा प्रयोग गरिएको, भ्राईव्रेट मेसिनले ड्रेनको मसला मिलाउनुपर्नेमा त्यसो नगरिएको, मसलामा सिमेन्टको मात्रा कम राखिएको, निर्माण भएको ड्रेनमा पानी नलगाएको तथा मापदण्ड भन्दा धेरै र ठूला ढुंगा प्रयोग गरिएको पाइएको छ  । पटक पटक सुधार गर्न आग्रह गर्दा समेत अटेर गरेपनि काम रोक्न बाध्य भएको उहाँको भनाइ छ ।  

स्थानीयवासीको अवरोधका कारण पर्खाल निर्माणको काम रोकिएपनि अन्य काम भने सूचारु नै रहेको छ । अब बुधबार नगरपालिका र पूर्वाधार कार्यालयका डीइ सहितको टोलीले पुनः संयुक्त रुपमा अनुगमन गरि त्रुटी भएका ठाउँ पहिचान गरि सच्याउन लगाउने बताइएको छ । 

ठेकेदार भीम पौडेलको सन्तोषी जोया एण्ड ब्रोदर्स जेभी सुनसरीले सडक निर्माणको ठेक्का पारी गत वैशाख २८ गते ठेक्का सम्झौता भएकोमा ७ महिना पछि मंसिरमा शिलान्यास गरि काम सुरु गरिएको थियो । कूल ८७ करोड ३ लाख ५३ हजारमा लेटाङ बजारको वीपी चौकदेखि चौविसे गाउँपालिकाको छनम्बर बुधबारेसम्म २९ दशमलव ६० किलोमिटर सडक ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको हो । तर निर्माण कार्यको प्रगती  सन्तोषजनक नै भएपनि गुणस्तरीयताको विषयमा पटक पटक कमजोरि भेटिएपछि स्थानीयआन्दोलित भएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार