मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

लेटाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मेसन तालिम सञ्चालन (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सिमेन्ट र बालुवाको प्रयोग गरि भौतिक संरचना निर्माण गर्ने मेसनको तालिम सञ्चालन गरेको छ । लेटाङ नगरपालिका वडा नम्बर ५ मा सञ्चालित तालिममा लेटाङ नगरपालिका वडा नम्बर ५ र ९ का प्रशिक्षार्थी सहभागी भएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अघिल्ला वर्षहरुमा १०० दिन रोजगार दिने गरिएको भएपनि यसवर्षदेखि ५० दिन तालिम र ५० दिन श्रम गर्नुपर्ने व्यवस्था भए बमोजिम ५० दिने तालिम सञ्चालन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा सूचिकृत भएका व्यक्तिहरुमध्ये निर्माणको क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरुलाई छनौट गरि तालिम प्रदान गरिएको नगरपालिकाको रोजगार शाखा प्रमुख दीपा घिमिरेले बताउनुभयो । लेटाङ ५ खेरुवामा मेसन तालिम भएकोमा लेटाङ ७ वारांगीमा भने सडक मर्मतसम्बन्धि तालिम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । 

मेसन तालिमसँगै जीवनपद्धती सम्बन्धि ज्ञान र व्यवसाय प्रवर्धन विषयमा पनि प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको बताइएको छ । यसैबीच लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले तालिमको अनुगमन गर्नु भएको छ । अनुगनका क्रममा प्रशिक्षार्थीहरुलाई उहाँले तालिम लिएर आगामी दिनमा अझ व्यवसायीक भएर काम गर्न आग्रह गर्नुभयो । 

यस्तै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गौतमले नगरपालिकाले सञ्चालन गरेको तालिममा सकृयताका साथ सहभागी भएर शीप सिक्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले भूकम्प प्रतिरोधि घर निर्माण सम्बन्धि तालिम सञ्चालन गर्न लागेको भन्दै यस तालिममा सहभागी भएर दक्ष भएका केहि व्यक्तिलाई त्यस तालिममा पनि सहभागी गराउन सकिने बताउनुभयो ।

सो अवसरमा बोल्दै प्रशिक्षार्थीहरुले मेसन तालिमबाट आफूहरुले धेरै ज्ञान पाएको भन्दै तालिम निकै महत्वपूर्ण भएको बताएका छन् । उनीहरुले तालिम लिएपछि आफ्नो घरमा निर्माणको काम गर्न तथा व्यवसायीकरुपमा श्रम गर्नका लागि पनि सहज भएको बताएका छन् । 

तालिममा सहभागी कतिपय प्रशक्षिार्थीहरुले तालिम सामाग्रीहरु अपुग भएको गुनासो गरेका छन् । पर्याप्त सामाग्रीहरु नहुँदा तालिम सञ्चालनमा ढिलासुस्ती भएको उनीहरुको भनाइ छ । 

तालिममा सहभागी भएकाहरुलाई ५० दिनको तालिम पश्चात बाँकी ५० दिन नगरपालिकाले विभिन्न ठाउँमा श्रममा लगाउनेछ । उनीहरुले तालिम अवधि र श्रम गरेको अवधि गरि जम्मा १०० दिन दिनको ६ सय ६५ को दरले ज्याला पाउनेछन् । नेपाल सरकारले विपन्न वर्गलाई लक्षित गर्दै वर्षमा एकसय दिनको रोजगार उपलब्ध गराउने योजना अनुशार केहि वर्षदेखि देशभरका पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । 

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार