मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा एसइइको निःशुल्क कोचिङ कक्षा सञ्चालन (भिडियोसहित) | लेटाङ २ बुधबारेमा नगरपालिकाद्वारा बजार अनुगमन, नियमित अनुगमन गर्न व्यवसायिको आग्रह (भिडियोसहित) | लेटाङमा प्रहरीको लागुऔषध सर्च अभियान, तालिमप्राप्त कुकुरको सहयोगमा चेकजाँच, ४ जना पक्राउ | सीटी चलाउँदै पढाइ खर्च जुटाउँदै, स्ववियु सभापतिका उम्मेदवार निशान | लेटाङ नगरपालिकाद्वारा ७८ जना श्रमिकको दुर्घटना विमा (भिडियोसहित) | कोशी प्रदेशमा दुर्व्यसनीविरुद्धको अभियान सुरु | लेटाङमा भव्यताका साथ मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस | नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित (मतपरिणामसहितको विश्लेषण) | नोवेल एजुकेशन जाँतेमा खुल्ला चित्रकला कार्यशाला सम्पन्न (भिडियोसहित) | विद्यार्थीहरुलाई जाँतो र ओखल चिनाउँदै नोवेल एजुकेशन (भिडियोसहित) |
मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा एसइइको निःशुल्क कोचिङ कक्षा सञ्चालन (भिडियोसहित) | लेटाङ २ बुधबारेमा नगरपालिकाद्वारा बजार अनुगमन, नियमित अनुगमन गर्न व्यवसायिको आग्रह (भिडियोसहित) | लेटाङमा प्रहरीको लागुऔषध सर्च अभियान, तालिमप्राप्त कुकुरको सहयोगमा चेकजाँच, ४ जना पक्राउ | सीटी चलाउँदै पढाइ खर्च जुटाउँदै, स्ववियु सभापतिका उम्मेदवार निशान | लेटाङ नगरपालिकाद्वारा ७८ जना श्रमिकको दुर्घटना विमा (भिडियोसहित) | कोशी प्रदेशमा दुर्व्यसनीविरुद्धको अभियान सुरु | लेटाङमा भव्यताका साथ मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस | नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित (मतपरिणामसहितको विश्लेषण) | नोवेल एजुकेशन जाँतेमा खुल्ला चित्रकला कार्यशाला सम्पन्न (भिडियोसहित) | विद्यार्थीहरुलाई जाँतो र ओखल चिनाउँदै नोवेल एजुकेशन (भिडियोसहित) |

पाँचौं राष्ट्रपनि रनिङ कपको उपाधि साजीलाललाई , प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीटको उपाधि पूर्वाञ्चल एकेडेमीलाई
साजीलालले जित्यो नगर स्तरीय राष्ट्रपनि रनिङ शील्डको उपाधि, प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीटको ट्रफि पूर्वाञ्चल एकेडेमीको पोल्टामा

रेवती रमण निरौला 115+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा सञ्चालित प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट र पाँचौ नगर स्तरीय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता २०८० आज सम्पन्न भएको छ । नगर खेलकुद विकास समिति सुन्दरहरैँचाको आयोजनामा एकसाथ सञ्चालन भएका दुवै खेलकुद प्रतियोगिताको आज सुन्दरहरैंचा ९ स्थित प्रस्तावित इन्द्रपुर रंगशालामा भव्य कार्यक्रमका बीच समापन गरिएको हो ।

पालिका स्तरका विद्यालयबाट छनौट हुँदै जिल्ला, प्रदेश र केन्द्रमा देशव्यापीरुपमा प्रतिस्पर्धा हुने राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता र सुन्दरहरैंचा नगरपालिकाले राष्ट्रपति रनिङ शील्डमा नभएका खेलहरु समेत समावेश गरेर नगरपालिका भरिका विद्यालयहरुबीच प्रतिस्पर्धा गराउँदै यसैवर्षदेखि सञ्चालन गरेको प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट २०८० को आज समापन गरिएको हो ।


सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंको अध्यक्षतामा भएको समापन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंक प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै गौतमले पठन पाठनका साथै खेलकुद क्षेत्रको विकासमा समेत विद्यालयहरुले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले देशको नाम विश्वमा चिनाउन खेलकुद र कला क्षेत्र महत्वपूर्ण रहेको भन्दै यस्ता कृयाकलापलाई अध्ययन अध्यापन सँगसँगै लैजानु पर्ने धारणा राख्नुभयो ।

नगर उपप्रमुख अकली चौधरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरु लगायतको आतिथ्यता रहेको थियो । 

पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आट्र्सका विभिन्न प्रस्पिर्धाहरूमा सुन्दरहरैँचा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र तथा छात्राहरूले बेग्लाबेग्लै प्रतिस्पर्धा गरेका थिए । यस्तै प्रथम सुन्दरहरैँचा स्पोट्र्स मिट २०८० मा अनुलेखन नेपाली र अंग्रेजी, चित्रकला, हिसाब दौड, बौद्धिक दौड, चकलेट दौड, भाले जुधाई, फुटबल, स्किपिङ, वक्तृत्वकला, दौड, वादविवाद, चेस र निबन्ध लेखन गरि २५ विधामा प्रतिस्पर्धा भएको थियो ।

यस प्रतियोगितामा नगरक्षेत्रमा रहेका ८० वटा विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्र्थीहरूको सहभागिता रहेको थियो । आज समापनकै दिन पुरुष भलिवल र १३ वर्ष मुनिको फुटबल प्रतियोगिताको फाइनल खेल समेत खेलाइएको थियो । जसमा भलिवलको उपाधि सुकुना माध्यमिक विद्यालयले जितेको थियो भने फुटबलको उपाधि सिद्धार्थ सेकेण्डरी स्कुलले जितेको थियो ।

पाँचौं राष्ट्रपनि रनिङ कपको उपाधि साजीलाललाई 

पाँचौं राष्ट्रपनि रनिङ कप २०८० को उपाधि साजीलाल माध्यमिक विद्यालय सुन्दरहरैंचा ६ ले जितेको छ । गतवर्ष समेत उपाधि जितेको साजीलालले यसवर्ष २१ स्वर्ण, ८ रजत र ८ कास्य गरि ३७ पदक सहित उपाधि जितेको हो । यस्तै ११ स्वर्ण, ९ कास्य र ३ रजतसहित २३ पदक जित्दै सुन्दरहरैंचा ६ कै पूर्वाञ्चल एकेडेमी दोश्रो भएको छ भने सुकुना माध्यमिक विद्यालय सुन्दरहरैंचा १० ले १० स्वर्ण, ११ रजत र १० कास्यसहित ३१ पदक जित्दै तेश्रो स्थान हात परेको छ । अन्य विद्यालयको पदक निम्नानुशार रहेको छ ।  

प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीटको उपाधि पूर्वाञ्चल एकेडेमीलाई

प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट २०८० को उपाधि भने सुन्दरहरैंचा ६ स्थित नीजि विद्यालय पूर्वाञ्चल एकेडेमीले हात परेको छ । ४ स्वर्ण, १ रजत र ३ कास्य गरि कूल ८ पदकसहित पूर्वाञ्चलले उपाधि जितेको हो ।

यसैगरि ४ स्वर्ण र २ रजत सहित ६ पदक जितेको सिद्धार्थ सेकेण्डरी स्कूल दोश्रो भएको छ भने २ स्वर्ण ५ रजत र १ कास्य गरि ८ पदक जित्दै सुकुना माध्यमिक विद्यालय तेश्रो भएको छ । अन्य विद्यालयको पदक निम्नानुशार रहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार