मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङको अर्धवार्षिक बुलेटिन प्रकाशन गरिने, लेखनमा रुची भएकाहरुलाई अवसर

मोरङ खबर 407+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिकाले अर्धवार्षिक बुलेटिन प्रकाशन गर्ने भएको छ । नगरपालिकाले गरेका गतिविधिका साथै नगरका विभिन्न विषयसँग सम्बन्धित लेखहरु समावेश गरेर अर्धवार्षिक बुलेटिन प्रकाशनका लागि नगरपालिकाले तयारी थालेको छ । लेखक डा. बसन्त महर्जनलाई विज्ञको रुपमा बोलाएर नगरपालिकाले सरोकारवालाहरुबीच छलफल समेत गराएको छ । 

बुधबार नगरपालिकाको हलमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नगरपालिकाको विकास गतिविधिका साथै नगरपालिकामा रहेका विभिन्न विषयहरु बारेमा लेख रचना समावेश गरि अर्धवार्षिकरुपमा बुलेटिन प्रकाशन गर्ने उद्देश्यले छलफल अघि बढाइएको जानकारी दिनुभयो । 

उहाँले यसरी अर्धवार्षिक बुलेटिन प्रकाशन गर्दा देशविदेशमा नगरको चिनारी हुने तथा नगरवासीमा लेखन संस्कृतिको समेत विकास हुने बताउनुभयो । अर्धवार्षिक बुलेटीनमा नगरवासीका लेखहरुलाई प्राथमिकता दिइने भएकाले लेखनका लागि उत्प्रेरण जगाउने उद्देश्यले लेखन क्षेत्रसँग सम्बन्धि सरोकारवालाहरुबीच छलफल गरिएको उहाँको भनाइ छ । 

 छलफलमा लेखक डा बसन्त महर्जनले आर्टिकल लेखन विधि, लेखनका विषयहरु आदि बारे जानकारी गरउनुभयो । यस्तै सहभागीहरुले आर्टिकल लेखनका विषयमा विभिन्न जिज्ञाशा राख्नुका साथै सुझावहरु पनि दिएका छन् । 

कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडा नम्बर २ का वडाध्यक्ष डम्बर राई, वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ,कार्यापालिका सदस्यहरु, लेखन तथा साहित्यसँग सम्बन्धित व्यक्तिहरु, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । नगरपालिकाले यसै आर्थिक वर्षभित्र पहिलो अंक प्रकाशन गर्ने र त्यसपछि हरेक ६/६ महिनामा बुलेटिन प्रकाशन गर्दै जाने बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार