त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ

मोरङ खबर 477+ समाचार ( )
१० श्रावण २०८३, आइतबार

काठमाडौंः त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्नेको नाम केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सार्वजनिक गरेको छ ।

साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा शुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर मध्य थिमी–१ मा बस्ने ३३ वर्षीय सन्दीप सिंहको नाम सार्वजनिक गरेको छ ।

सो प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले अरु केहीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । तर उनीहरूको संलग्नता नदेखिएको भन्दै प्रहरीले उनीहरूलाई छाडेको थियो ।

‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा शुरू भएको ५ मिनेटमै पठाइएको थियो । केही मिनेटमै सामाजिक सञ्जालमार्फत् बाहिरिएको भन्दै फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार