मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

पार्टीका कार्यकर्ताहरुलाई नीति, विधि, पद्धति तथा निष्ठा र इमानको राजनीति सिकाउने उद्देश्यका साथ प्रशिक्षक उत्पादन गर्न प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
लेटाङमा एमालेको कोशी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण शुरु

रेवती रमण निरौला 160+ समाचार ( )
कोशी प्रदेशका १४ जिल्लाका ६० जना पार्टीका जिल्ला स्तरीय प्रशिक्षकहरुको सहभागिता
४ माघ २०८१, शुक्रबार

मोरङ । नेकपा एमालेले आज शुक्रबारदेखि मोरङको लेटाङमा कोशी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । नेकपा एमाले पार्टी स्कूल विभाग कोशी प्रदेश कमिटीको आयोजनामा सुरु भएको प्रशिक्षक प्रशक्षिण कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका ६० जना पार्टीका जिल्ला स्तरीय प्रशिक्षकहरुको सहभागिता रहेको छ ।

मोरङको लेटाङ नगरपालिकास्थित कृषि विकास बैँकको क्षेत्रीय तालिम केन्द्रमा नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय प्रशिक्षण विभाग प्रमुख प्रदीप ज्ञवालीले कार्यक्रमको उद्घाटन गर्नुभयो । आज पहिलो दिन उपमहासचिव प्रदीप ज्ञवाली र पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण दिनुभयो । 

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, प्रशिक्षण विभाग प्रमुख पर्शु मेघी गुरुङ, प्रदेश कमिटी अध्यक्ष क.घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी लगायतका नेताहरूको पनि सहभागिता रहेको छ ।

तल्लो तहका कमिटीहरुमा प्रशिक्षणका लागि प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले जिल्लागत रुपमा प्रतिनिधि सहभागी गराएर आवासिय  प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ३ जना, २ वटा निर्वाचन क्षेत्र भएका जिल्लाबाट ४ जना र त्यो भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ जना गरि ६० जना जिल्ला स्तरका नेताहरु प्रशिक्षणमा प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन् । 

आइतबारसम्म सञ्चालन हुने प्रशिक्षणमा शनिबार र आइतबार नेकपा एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, प्रशिक्षण विभाग प्रमुख पर्शु मेघी गुरुङ, प्रदेश कमिटी अध्यक्ष क.घनश्याम खतिवडा लगायतले पनि प्रशिक्षण दिनु हुनेछ । पार्टीका कार्यकर्ताहरुलाई नीति, विधि, पद्धति तथा निष्ठा र इमानको राजनीति सिकाउने उद्देश्यका साथ प्रशिक्षक उत्पादन गर्न प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । 

उहाँले कार्यक्रमबाट कम्युनिष्ट किन बन्ने, पार्टीको तत्कालिन कार्यभार के छ, कम्युनिष्ट भएपछि जान्नुपर्ने प्रारम्भिक ज्ञान लगायतका विषयमा तल्लो तहमा गएर प्रशिक्षण सञ्चालन गर्नका लागि समेत प्रशिक्षकहरु तयार हुने बताउनुभयो । अबका दिनमा कोशी प्रदेशमा स्थायी ढंगबाट पार्टी स्कूल सञ्चालन गर्ने योजनाका साथ पहिलो चरणमा ३ दिनको कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार