मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ महोत्सव २०८० आजदेखि सुरु

मोरङ खबर 407+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

- छवि श्रेष्ठ

लेटाङ । लेटाङ महोत्सव २०८० आजदेखि सुरु भएको छ । द व्बाइज क्लव लेटाङ ४ को आयोजना तथा सिद्धार्थ युथ क्लवको सहकार्यमा आयोजित  महोत्सवको आज लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले उद्घाटन गर्नुभयो । महोत्वस उद्घाटन गर्दै उपप्रमुख निरौलाले चाड पर्वको अवसरमा आयोजना गरिएको महोत्सवले चाडवाडको माहौललाई अझ उल्लासमय बनाउने बताउनुभयो ।

उहाँले महोत्सवमा सहभागि भएर राष्ट्रिय कालाकारहरुको प्रस्तुतिबाट मनोरञ्जन लिनुका साथै स्थानीय कलाकारहरुलाई समेत प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुने बताउनुभयो । उहाँले मनोरञ्जनका साथै स्थानीय कृषि उत्पादन र हस्तकलाका सामानहरुको प्रचार प्रसार तथा स्थानीय जातजातिको संस्कृतिको प्रवर्धन लगायतका पक्षमा पनि महोत्सवले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले रातिको समयमा महोत्सव सञ्चालन हुने हुँदा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने भन्दै शान्तपूर्ण वातावरणमा महोत्सव सम्पन्न गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । उपप्रमुख  निरौलाले महोत्सवबाट स्थानीय व्यापार व्यवसाय तथा पर्यटन प्रवर्धनमा समेत टेवा पुग्न सक्ने भन्दै नगरपालिकाको तर्फबाट यथासक्य सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लेटाङ नगरपालिकाका पूर्व नगर प्रमुख शंकर राईले विभिन्न घटनाले गर्दा लेटाङ नगरपालिकाको नाम गलत तरिकाले जोडिएको भन्दै शान्ति सुरक्षामा विशेष ध्यान दिन स्थानीय प्रशासनलाई आग्रह गर्नुभयो । उहाँले महोत्सव सफल बनाउन आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

उद्घाटन कार्यक्रममा लेटाङ ९ का वडाध्यक्ष नन्द प्रसाद खतिवडा, लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, वडासदस्यहरु, उद्योग वाणिज्य संघ लेटाङका महासचिव नेत्र निरौला, लेटाङ खानेपानी, जनसेवा सामुदायीक वन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । सो अवसरमा राई, लिम्बू, मगर लगायत जातीका सँँस्कृति झल्किने झाँकी प्रदर्शन पनि गरिएको थियो ।

साँझदेखि महोत्सवको साँस्कृतिक कार्यक्रम हुने भएपनि उद्घाटन कार्यक्रम भने दिउँसो गरिएकाले मानिसहरुको उपस्थिति नगन्य रहेको थियो । आजदेखि सुरु भएको महोत्सव कार्तीक १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा महेश काफ्ले, नवीन के भट्टराई, रचना रिमाल, एलीना चौहान लगायत चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । । महोत्सवको प्रवेश शुल्क भने १ सय र २ सय रुपैयाँ रहने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार