मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

धर्मदेवी ५ को सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट सुरु

मोरङ खबर 394+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ५ को सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट सुरु गरिएको छ । हालसम्म याख्खाचोकस्थित वडा नम्बर ४ को कार्यालयबाटै वडा नम्बर ५ को समेत सेवा प्रवाह भइरहेकोमा धर्मदेवी ५ लाफाचोकस्थित मगरगाउँमा आफ्नै भवन निर्माण सम्पन्न गरि सेवादिन थालिएको हो । 

आर्थिक वर्ष ०८१।०८२ को पहिलो दिन श्रावण १ गतेदेखि नवनिर्मित भवनबाट सेवा सुरु गरिएको वडाध्यक्ष रामबहादुर मगरले जानकारी दिनुभयो । उहाँले निकै लामो समयपछि आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गर्न पाउँदा खुसी लागेको पनि बताउनुभयो । भवनमा वडाध्यक्ष र वडासचिवको छुट्टा–छुट्टै कार्यकक्ष रहनुका साथै राजश्व, दर्ताचलानी लगायतका लागि समेत व्यवस्थित कक्ष भएकाले सेवा प्रवाह गर्न धेरै सहज भएको उहाँको भनाइ छ । 

वडा कार्यालय भवन निर्माणका लागि स्थानीय जग्गादाताहरु चेतबहादुर रानामगर, श्यामु रानामगर र मानबीर रानामगरले जग्गा उपलब्ध गराउनु भएको थियो । ४ वटा कोठा तथा शौचालय र बाथरूम समेत रहेको एकतले वडा कार्यालय भवन ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार