मुख्य समाचार
नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन | लेटाङ ९ जाँतेमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो (भिडियोसहित) | के महाकवि देवकोटा साच्चिकै गरिब थिए ? | नोवेल एजुकेशन जाँते, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन, ग्रीन भ्याल्ली दोश्रो (पदक तालिका सहित) | राजनीतिक इतिहास र सङ्घर्षको यथार्थ दस्ताबेज ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण | मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता | उज्ज्वल वचतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु पुरस्कृत | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग |
मुख्य समाचार
नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन | लेटाङ ९ जाँतेमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो (भिडियोसहित) | के महाकवि देवकोटा साच्चिकै गरिब थिए ? | नोवेल एजुकेशन जाँते, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन, ग्रीन भ्याल्ली दोश्रो (पदक तालिका सहित) | राजनीतिक इतिहास र सङ्घर्षको यथार्थ दस्ताबेज ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण | मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता | उज्ज्वल वचतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु पुरस्कृत | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग |


जाँते प्रहरी चौकी स्थायी गर्न र वारांगीमा अस्थायी प्रहरी चौकी राख्न पहल गर्ने एआइजी ढकालको प्रतिवद्धता

मोरङ खबर 322+ समाचार ( )
१८ असार २०८१, सोमबार

लेटाङ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक भीम ढकालले लेटाङको सुरक्षा व्यवस्था सुदृढ बनाउन आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । आइतबार लेटाङ नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा भएको लेटाङको सुरक्षा अवस्था र रणनीति विषयक अन्तरकृया कार्यक्रममा बोल्दै अतिरिक्त प्रहरी महानिरीक्षक ढकालले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । 

उहाँले लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेस्थित अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउन र लेटाङ नगरपालिका वडा नम्बर ७ वारांगीमा अस्थायी प्रहरी चौकी स्थापना गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । लेटाङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रशस्त संभावना रहेको भन्दै उहाँले त्यसका लागि सुरक्षा निकायको तर्फबाट पूर्णरुपमा सहयोग रहने पनि बताउनुभयो ।  

अतिरिक्त प्रहरी महानिरीक्षक ढकालले समाजमा आपराधिक घटनाहरू वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै  समाज र परिवारले समेत यस्ता घटना हुन नदिनेतर्फ सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावतीले नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीहरूको सहभागितामा लेटाङ नगरपालिकाको सुरक्षा अवस्थाको बारेमा छलफल गर्ने अवसर जुरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले लेटाङ नगरपालिकामा भौगोलिक रुपमा निकै विकट पहाडी क्षेत्र समेत पर्ने भएकाले शान्ति सुरक्षा कायम गर्न जटिल रहेको भन्दै त्यसतर्फ विशेष पहल गर्न अतिरिक्त प्रहरी महानिरीक्षक ढकाललाई आग्रह गर्नुभयो । 

उहाँले लागुऔषधको व्यापक प्रयोग र यसले समाजमा पारेको असरका कारण शान्ति सुरक्षाको अवस्था निकै चूनौतीपूर्ण बनेको भन्दै त्यसतर्फ नगरपालिका प्रहरीसँग हातेमालो गरेर काम गर्न तत्पर रहेको बताउनुभयो ।  

यस्तै लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ क्षेत्रको सुरक्षा चुनौतीलाई सम्बोधन गरिदिन अतिरिक्त प्रहरी महानिरीक्षक ढकाललाई आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले समेत प्रहरीसँग मिलेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा समेत सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।  

यसैगरि लेटाङ नगरपालिकाका पूर्व नगरप्रमुख शंकर राईले समाजमा शान्ति सुरक्षा कायम गर्न शिक्षा र खेलकुद क्षेत्रलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो । उहाँले वारंगी, भोगटेनी, केराबारीजस्ता पहाडी क्षेत्रमा सुरक्षा व्यवस्थापनको खाँचो रहेको पनि बताउनुभयो । 

यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले लागुऔषधको समस्या समाधान गर्न विद्यालय र कलेजहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आमा समूहको माध्यमबाट दुव्र्यसनविरुद्ध कार्यक्रम सञ्चालन गर्ने योजनाबारे पनि जानकारी गराउनुभयो । 

कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत नारायण न्यौपानेले लेटाङ नगरपालिकाको समग्र परिचयसहित वस्तुस्थिति बारे जानकारी गराउनु भएको थियो । 

कार्यक्रमा लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लागयतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरुले समेत लेटाङ नगरपालिकाको शान्ति सुरक्षका विषयमा विभिन्न सुझाव दिएका छन् । 

यसैबीच अतिरिक्त प्रहरी महानिरीक्षक भीम ढकाल, कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहाल, लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौलासहितको टोलीले लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेस्थित अस्थायी प्रहरी चौकीको स्थलगत अवलोकन गरेको छ ।  

लेटाङका जनप्रतिनिधिहरुले जाँतेस्थित अस्थायी प्रहरी चौकीलाई स्थायी गर्न आग्रह गरे अनुशार अतिरिक्त प्रहरी महानिरीक्षक भीम ढकालले पहल गर्ने प्रतिवद्धता जनाएपछि स्थलगतरुपमा अस्थायी प्रहरी चौकीको अनुगमन गरिएको हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार