मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

सुन्दरहरैंचामा व्यवसाय दर्ता र नवीकरणका लागि घरदैलो अभियान सुरु (भिडियोसहित)

मोरङ खबर 406+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका लागि घरदैलो अभियान शुरु गरेको छ । सोमबार नगरपालिकाको वडा नम्बर ४ स्थित बलियाबाट अभियान सुरु गरिएको हो । अभियानको सुभारम्भ गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले नगरपालिकाभित्र सञ्चालनमा रहेका तर दर्ता नभएका व्यवसायलाई सहजताका लागि घरमै पुगेर सेवा दिने उद्देश्यले अभियान सञ्चालन गरेको बताउनुभयो ।

“कतिपय व्यवसायहरु दर्ता नगरी सञ्चालन भएका छन्, कतिपय दर्ता भएकाले पनि नियमित नवीकरण गरेका छैनन् ।” उहाँले भन्नुभयो, “व्यवसायलाई दर्ता गरी कानुनी ढंगबाट व्यवस्थित रुपमा सञ्चालन गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।” 

नगरपालिकाका राजश्व शाखा प्रमुख राजन रेग्मीले पहिलो दिन १५  वटा नयाँ व्यवसाय दर्ता र २ वटा नवीकरण गरिएको जानकारी दिँदै यो अभियानले व्यवसायी उत्साहित भएको बताउनुभयो । व्यवसायीको सहजताका लागि टोलीले घरदैलोमै पुगेर व्यवसायको सबै प्रक्रिया पुर्याएर त्यहिं दर्तागरी प्रमाणपत्र दिने व्यवस्था मिलाईएको समेत उहाँले बताउनु भयो । 

अभियानमा वडा नम्बर ४ का वडा अध्यक्ष कैलाश बस्नेत, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनप्रसाद ढुंगाना, कार्यपालिका सदस्य दुर्गा पोखरेल, वडा सदस्यहरु, कर्मचारीहरु लगायत सहभागी छन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार