मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

सुन्दरहरैंचामा व्यवसाय दर्ता र नवीकरणका लागि घरदैलो अभियान सुरु (भिडियोसहित)

मोरङ खबर 394+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका लागि घरदैलो अभियान शुरु गरेको छ । सोमबार नगरपालिकाको वडा नम्बर ४ स्थित बलियाबाट अभियान सुरु गरिएको हो । अभियानको सुभारम्भ गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले नगरपालिकाभित्र सञ्चालनमा रहेका तर दर्ता नभएका व्यवसायलाई सहजताका लागि घरमै पुगेर सेवा दिने उद्देश्यले अभियान सञ्चालन गरेको बताउनुभयो ।

“कतिपय व्यवसायहरु दर्ता नगरी सञ्चालन भएका छन्, कतिपय दर्ता भएकाले पनि नियमित नवीकरण गरेका छैनन् ।” उहाँले भन्नुभयो, “व्यवसायलाई दर्ता गरी कानुनी ढंगबाट व्यवस्थित रुपमा सञ्चालन गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।” 

नगरपालिकाका राजश्व शाखा प्रमुख राजन रेग्मीले पहिलो दिन १५  वटा नयाँ व्यवसाय दर्ता र २ वटा नवीकरण गरिएको जानकारी दिँदै यो अभियानले व्यवसायी उत्साहित भएको बताउनुभयो । व्यवसायीको सहजताका लागि टोलीले घरदैलोमै पुगेर व्यवसायको सबै प्रक्रिया पुर्याएर त्यहिं दर्तागरी प्रमाणपत्र दिने व्यवस्था मिलाईएको समेत उहाँले बताउनु भयो । 

अभियानमा वडा नम्बर ४ का वडा अध्यक्ष कैलाश बस्नेत, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनप्रसाद ढुंगाना, कार्यपालिका सदस्य दुर्गा पोखरेल, वडा सदस्यहरु, कर्मचारीहरु लगायत सहभागी छन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार