मुख्य समाचार
नेपाल तरूण दल इटहरीको अधिवेसन सम्पन्न, नयाँ कार्य समिति चयन | लेटाङमा नीति निर्माणको नयाँ अभ्यास सुरु, विभिन्न पक्षसँग सुझाव माग | निरौला वन्धू सेवा समाजको १२ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा डाक्टर तुलशीप्रसाद निरौला | जनताले मिल्काएर, फ्याँकेर रछ्यानमा पुगिसकेको राजतन्त्र फर्कन सक्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित) | नेकपा एमाले सुन्दरहरैँचाको अध्यक्षमा डिल्लीप्रसाद ढकाल विजयी | “लेटाङको न्यायिक अभ्यास” पुस्तक सार्वजनिक | लेटाङ नगरपालिकाद्वारा नीति तथा कार्यक्रम निर्माणका लागि नगरवासीसँग सुझाव माग | कमलपुर सामुदायिक वनद्वारा ४५ जना उपभोक्ताको निःशुल्क विमा | ईरान राईको कवितासंग्रह ‘इतिहास’ सार्वजनिक | साहित्य सदन नेपालको आयोजनामा कविता महोत्सव हुने |

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

मोरङ खबर 363+ समाचार ( )
३१ भाद्र २०८०, आइतबार

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो । त्यसको विरोधमा देशभरका चिकित्सकले आज आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको थियो ।

वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने  प्रतिवद्धता जनाएको छ ।

यस्तै चिकित्सकहरूको सेवा सुविधा सुरक्षा जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगााडि बढाउन दवााव दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि आज अस्पतालमा पुगेका बिरामीका उपचार नपाइ फर्किरहेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार