लेटाङ । पतञ्जली योग नगर समिति लेटाङले गुरु पूर्णिमाको अवसर पारेर लेटाङ ९ जाँतेमा रहेको संस्कृत विद्यापीठका शीष्यलाई व्रम्हभोज गराउनुका साथै शैक्षिक सामग्री वितरण गरिएको छ । पतञ्जली योग नगर समिति लेटाङ र महिला पतञ्जली योग नगर समिति लेटाङले संयुक्त कार्यक्रम अन्तरगत गुरू पुर्णिमाको अवसर पारेर विद्यापिठमा रहेका शिष्यहरुसँग भेटघाट गरि भोजन गराउनुका साथै शैक्षिक सामाग्री स्वरुप कपी वितरण गरिएको हो ।
सो अवसरमा पतञ्जली योग नगर समिति लेटाङका अध्यक्ष मोहन अधिकारीले गुरुपूर्णिमाको महत्व र कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा पतञ्जली योग समिति र महिला पतञ्जली योग समिति लेटाङका पदाधिकारीहरु र पतञ्जली योग समिति मोरङका संगठन मन्त्री लक्ष्मण पोखरेल र महिला पतञ्जली योग जिल्ला समिति मोरङ सदस्य कल्पना पोखरेलको समेत उपस्थिति रहेको थियो । शीष्यहरुलाई भोजन गराउनुका साथै शैक्षिक सामाग्री प्रदान गरेकोमा विद्यास्ठिका अध्यक्ष घनश्याम खतिवडाले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।