मुख्य समाचार
लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार | द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) |

लेटाङ जेसीजले पायो पाँचौँ पटक इफिसियन्सी अवार्ड

मोरङ खबर 410+ समाचार ( )
२२ असार २०८१, शुक्रबार

लेटाङ । लेटाङ जेसीजले पाँचौँ पटक इफिसियन्सी अवार्ड प्राप्त गर्न सफल भएको छ । बिहीबार नेपाल जेसीजले सार्वजनिक गरेको जुन महिनाको सतप्रतिशत इफिसियन्सी अवार्ड हातपारेसँगै लेटाङ जेसीजले पाँचौँ पटक अवार्ड प्राप्त गर्न सफल भएको हो । जनवरीबाट सुरु भएको २०२४ को कार्यकालमा शाखाले निरन्तर पाँचपटक यो अवार्ड प्राप्त गरेको अध्यक्ष दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो । 

जुन महिनामा रक्तदान, वृक्षारोपण र नेपाल जेसीजले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुपर्ने मापदण्ड नेपाल जेसीजले निर्धारण गरेकोमा लेटाङ जेसीजले ती सबै मापदण्ड पूरा गर्दै अवार्ड हात पार्न सफल भएको हो । यस अवधिमा लेटाङ जेसीजले अन्य थप कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ । ६ महिनामा शाखाले २५ वटा कार्यक्रम सम्पन्न गरेको मिडिया संयोजक छवि श्रेष्ठले जानकारी दिनुभयो । 

वर्ष २०२४ को नेतृत्व लिएका अध्यक्ष घिमिरेले नेपाल जेसीजबाट निरन्तर अवार्ड प्राप्त गर्नुमा बोर्डका पदाधिकारी, सदस्य र पूर्वअध्यक्षहरुको मार्गदर्शन महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस किसिमको अवार्डले सामाजिक क्षेत्रमा अझ काम गर्न हौसला मिलेको पनि उल्लेख गर्नुभयो । नेपाल जेसीजले उत्कृष्ट काम गर्ने शाखाहरुलाई हरेक महिना इफिसियन्सी अवार्ड प्रदान गर्ने गर्दछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार