इटहरी । प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवशको अवसरमा प्रेस चौतारी सुनसरीले इटहरीको मुख्य चौकमा मंगलबार साँझ दीप प्रज्ज्वल गरेको छ । इटहरीको मुख्य चौकमा साँझ भेला भएर प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले दीप प्रज्ज्वलन गर्दै स्थापना दिवसको शुभकामना आदन प्रदान गरेका हुन् ।

सो अवसरमा बोल्दै प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष लिलाराज भट्टराई, अग्रज पत्रकार कृष्ण विनोद लम्साल लगायतले प्रेस चौतारी नेपाल र यसको स्थापनाका सन्दर्भहरु बारे चर्चा गर्नुभयो । दीप प्रज्ज्वलनमा प्रेस चौतारी सुनसरीका पूर्वअध्यक्ष सुभद्रा प्याकुरेल, प्रदेश कमिटी सदस्य हिमाल दाहाल लगायत प्रेस चौतारी सुनसरीमा आवद्ध पत्रकारहरु र प्रेस युनियनका बाबुराम सुवेदी, रञ्जना पौडेलको पनि सहभागिता रहेको थियो । यस्तै धरानको भानु चौक र बरहाक्षेत्र–५ स्थित कालाबञ्जारमा पनि दीप प्रज्ज्वलन गरि स्थापना दिवस मनाइएको छ ।
स्थापना दिवसकै सन्दर्भमा मंगलबार दिउँसो धरानमा प्रेस चौतारी सुनसरी र नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानबीच मैत्रीपूर्ण फुटसल खेलिएको छ । धरान–१९ स्थित बुढासुब्बा फुटसलमा भएको खेलमा चौतारीलाई ७–५ गोल अन्तरले पराजित गर्दै व्यवसायी महासंघ सुनसरी बिजयी भयो ।
प्रेस चौतारी सुनसरी अध्यक्ष बिकास चाम्लिङ राईको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित औपचारिक कार्यक्रमपछि मैत्रीपूर्ण फुटसल खेल खेलिएको हो । सो अवसरमा प्रेस चौतारीका केन्द्रीय सदस्य देबेन्द्र कार्की, चौतारीका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी सुनसरी पूर्वअध्यक्ष भिम ज्वाला राई लगायतका अतिथीहरुको समेत उपस्थिती रहेको थियो ।