मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

शिक्षा र कृषि प्राथमिकतामा
सुन्दरहरैंचाको बजेट नीति तथा कार्यक्रम सर्वसहमतिमा पारित, घटेन वडा सिलिङ

रेवती रमण निरौला 160+ समाचार ( )
नगर प्रमुख केदार प्रसाद गुरागाईंले बजेट नीति तथा कार्यक्रम पारित गर्न नगरसभा समक्ष ध्वनी मतका लागि प्रस्तुत गर्दा हुन्न भन्ने आजाव नसुनिए पछि नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सर्वसहमतिमा पारित भएको हो ।
१५ असार २०८०, शुक्रबार

मोरङ । सुन्दरहरैंचा नगरपालिकाको आगामी आर्थिक वर्ष  ०८०/०८१ को बजेट नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पास भएको छ । गत असार १० गते बाह्रौं नगरसभाको पहिलो बैठकमा पेस भएको बजेट, नीति तथा कार्यक्रम आज बसेको बाह्रौं नगरसभाको दोश्रो बैठकले सर्वसम्मतरुपमा पास गरेको हो । नगर प्रमुख केदार प्रसाद गुरागाईंले बजेट नीति तथा कार्यक्रम पारित गर्न नगरसभा समक्ष ध्वनी मतका लागि प्रस्तुत गर्दा हुन्न भन्ने आजाव नसुनिए पछि नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सर्वसहमतिमा पारित भएको हो । असार १० गते सुन्दरहरैंचा ४ त्रिवेणी रिसोर्टमा बसेको बाह्रौं नगरसभाको पहिलो बैठकमा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएकोमा आज सुकुना बहुमुखी क्याम्पसको सभाहलमा बसेको बाह्रौं नगरसभाको दोश्रो बैठकमा आवश्यक छलफल गरेपश्चात सर्वसहमतिमा पारित गरिएको हो ।

  नगरसभा बैठकमा नगर प्रमुख गुरागाईंले बजेट, नीति तथा कार्यक्रम माथि छलफलका लागि लागि नगरसभा सदस्यहरुलाई समय उपलब्ध गराउँदा ६ जना नगरसभा सदस्यले बोल्नका लागि नाम टिपाएर धारणा राखेका थिए । नगरसभा सदस्य खुशीलाल चौधरी, धारणा खनाल, दिलिप दाहाल, रोशनप्रसाद उप्रेती, रमेश गौतम र विशाल लिम्बूले बजेट माथि धारणा राख्दै केही विषय बजेटमा छुटेको भन्दै थप गर्न आग्रह गर्नु भएको थियो । नगरसभा सदस्यहरुले धारणा राखेपछि त्यसको जवाफ दिंदै नगर प्रमुख गुरागाईंले नगरसभा सदस्यहरुले उठाएका केही विषयलाई बजेटमा सम्बोधन गरिएको, छुट्न गएका केहि विषय थप गरेर जाने तथा केही विषयहरु बजेटको सिमितताका कारण आगामी दिनमा समेटेर जाने उल्लेख गर्नुभयो । नगर प्रमुखले जवाफ दिने क्रममा वजेटले शिक्षा क्षेत्र र कृषि क्षेत्रलाई विशेष प्राथमिकताका साथ समेटेको बताउनुभयो । उहाँले यसवर्ष संघीय सरकारबाट विभिन्न शीर्षकमा आउने बजेटमा कटौती भएको अवस्थामा अन्य पालिकाले वडाको सिलिङ घटाइरहँदा सुन्दरहरैंचा नगरपालिकाले वडाको सिलिङ नघटाइ बजेट ल्याएको जानकारी दिनुभयो ।

नगरसभा सदस्यहरुले राखेका धारणाको जवाफ दिएपछि नगर प्रमुख गुरागाईंले बजेट पारित गर्न नगरसभा समक्ष प्रस्ताव गर्नु भएकोमा सर्वसहमतिमा बजेट पारित भएको हो । सो अवसरमा उपप्रमुख अकली कुमारी चौधरीले न्यायीक समितिले गरेका कामको बारेमा जानकारी गराउँदै नगर प्रमुख गुरागाईलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

बाह्रौ नगरसभाको पहिलो बैठकमा उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि १ अर्ब ७२ करोड ८ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थियो । जसमा सुशासन तथा संस्थागत विकासका लागि २६ करोड ९ लाख ६८ हजार ७ सय ७२ रुपैयाँ, वन तथा विपत् व्यवस्थापनका लागि २ करोड ७७ लाख ५० हजार, सामाजिक विकासतर्फ ४३ करोड २२ लाख ९० हजार, आर्थिक विकास तर्फ ३ करोड ९ लाख ९० हजार र पूर्वाधार विकासतर्फ ५६ करोड ७६ लाख बजेट छुट्याइएको छ ।

यसैगरि बहुवर्षीय पूर्वाधार विकासतर्फका आयोजनाहरूको भुक्तानीका लागि २६ करोड, लागत सहभागिता वापत जम्मा हुने र सोही शीर्षकमा खर्च हुने गरी २ करोड तथा प्रदेश समपुरक कोषमार्फत प्राप्त भइ खर्च हुने गरी १ करोड १८ लाख ३७ हजार विनियोजन गरिएको छ । यस्तै सडक बोर्ड शीर्षकमा प्राप्त भइ खर्च गरिने गरी ६७ लाख विनियोजन गरिएको छ भने प्रदेश ससर्त शीर्षकमा प्राप्त भई खर्च हुने गरी ८१ लाख २५ हजार विनियोजन गरिएको छ । यता नगर विकास कोष मार्फत प्राप्त भई खर्च हुने गरी ९ करोड ४५ लाख ६२ हजार विनियोजन गरिएको छ ।  

प्रतिक्रिया

कुमार श्रेष्ठ १५ असार २०८०, शुक्रबार

यो ६ नम्बर वडा को बजेट कुनै पनि सिर्सकमा नघटाइ दिनु हुन अनुरोध छ

कुमार श्रेष्ठ १५ असार २०८०, शुक्रबार

यो ६ नम्बर वडा को बजेट कुनै पनि सिर्सकमा नघटाइ दिनु हुन अनुरोध छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार