मुख्य समाचार
अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) | लेटाङ एडभान्स हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न / २९२ जनाले लिए सेवा / १० जेष्ठ नागरिकलाई विशेष सम्मान | सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तर–पालिका महिला भलिबल प्रतियोगिता हुने |

वडाबाट सिफारिस योजना समेत कटौती गरिएको भन्दै एमाले सांसद बस्नेतको आपत्ति

रेवती रमण निरौला 158+ समाचार ( )
१२ मंगशिर २०८०, मङ्गलबार

विराटनगर । कोशी प्रदेशका सांसद तथा नेकपा एमाले नेता खड्ग बहादुर बस्नेतले जनतासँग छलफल गरेर वडाबाट सिफारिस गरिएका योजनाहरु समेत कोशी प्रदेश सरकारले कटौती गरेको भन्दै आपत्ती जनाउनु भएको छ । आज बसेको संसद् बैठकमा कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०८०/०८१ को बजेटको प्रतिस्थापन विधेयकसम्बन्धि छलफलमा सहभागी हुँदै सांसद् बस्नेतले आफूले विधि पद्धति अनुशार सिफारिस गरेका योजनाहरु वर्तमान सरकारले कटौती गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले जनतासँग छलफल गरेर वडाबाट समेत सिफरिस गरेर विधि पूर्वक ल्याइएका विद्यालय, सिंचाई र खानेपानी जस्ता महत्वपूर्ण र अत्यावश्यक योजनाहरु समेत प्रदेश सरकारले कटौती गरेको बताउनुभयो । सरकारले एउटा पद्धतीमा रहेर बजेट तयार गर्नुपर्नेमा त्यस्तो नभएको पाइएको भन्दै उहाँले सरकारका जनप्रतिनिधिहरु कमजोर भएको वा कर्मचारीहरु विचौलियासँग लागेर यस्तो अवस्था आएको भन्दै प्रश्न गर्नुभयो ।

अघिल्लो सरकारले १ करोड बजेट छुट्याएकोमा नयाँ सरकार आएपछि बजेट कटौती गरि २५ लाखमा झारिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । सांसद बस्नेतले यस्तै रवैया रह्यो भने प्रदेशको अस्तित्व नै समस्यामा पर्ने होकी भनेर आफुलाई चिन्ता लागेको पनि उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

nagendra १३ मंगशिर २०८०, बुधवार

सही बिषय उठान गर्नुभयो। माननिय ज्यु

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार