मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओलीद्वारा सुन्दरहरैंचामा अत्याधुनिक सडकको शिलान्यास, १३ महिनामा निर्माण सम्पन्न हुने | मेयर कप क्रिकेटको उद्घाटन खेलमा राजारानी किंग्स् विजयी | लेटाङमा सालक संरक्षणका लागि कार्याशाला सम्पन्न | पूर्वप्रधानमन्त्री ओली सुन्दरहरैंचा आउँदै, २ वटा सडक शिलान्यास गर्ने कार्यक्रम | लेटाङमा क्रिकेट प्रतियोगिता हुने, उद्घाटन खेलमा राजारानी किंग्स् र कोलुङ नाइट राइडर्स भिड्दै | प्रथम लेटाङ नगर महिला भलिवल कप सञ्चालन हुने | लेटाङमा किसानसँग मेयर, उपमेयर भेटघाट कार्यक्रम सम्पन्न (भिडियोसहित) | लेटाङ ७ समलामा साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिता सञ्चालन हुने | उत्तरी मोरङको चुरे क्षेत्रमा पूर्वपश्चिम कृषि सडक बन्ने, लेटाङ ७ वारांगीबाट डीपीआरको काम सुरु (भिडियोसहित) | नोवेल एजुकेशनद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत, मतदानद्वारा क्याप्टेन र भाइस क्याप्टेन छनौट (भिडियोसहित) |

विराटनगरको विद्यालयस्तरीय बास्केटबल प्रतियोगितामा बिकेभीएम विजेता, एभरेष्ट उपविजेता

मोरङ खबर 293+ समाचार ( )
३० भाद्र २०८०, शनिबार

विराटनगर । चौथो विद्यालयस्तरीय बास्केटबल प्रतियोगितामा विराटनगरको बिकेभीएम स्कुल विजेता बन्दा एभरेष्ट स्कुल उपविजेता बनेको छ ।  विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बिकेभिएमले विराटनगरको एभरेष्ट स्कुललाई २ अंकको अन्तरमा हराउँदै उपाधि जितेको हो।

यो सँगै बिकेभिएमले लगातार दोस्रो पटक उपाधि जितेको छ । प्रतिस्पर्धात्मक खेलमा बिकेभिएमले ३९ अंक बनाउँदा एभरेष्ट ३७ अंक बनाएको थियो।

व्यक्तिगत २० अंक बनाएका बिकेभिएमका आकाश चौधरीले म्यान अफ द म्याच घोषित हुनुभयो भने लिगकै मस्ट भ्यालुएबल खेलाडी एभरेष्टका शिव साह हुनुभयो । त्यसैगरि, लिगमा उत्कृष्ठ प्रदर्शन गर्ने बिकेभिएमका सन्तोष साह उदयीमान खेलाडी घोषित हुनुभयो ।

तेस्रो स्थानका लागि भएको खेलमा पोखरीया स्कुललाई ३८–२२ अंकले पराजित गर्दै सगरमाथा स्कुल विजयी भयो। सगरमाथाका उत्सव कार्की म्यान अफ द म्याच घोषित हुनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कोशी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष गुरुङलगायतले खेलाडीहरुलाई शुभकामना दिँदै पुरस्कार प्रदान गर्नुभयो ।

भाद्र १५ गतेदेखि विराटनगरमा होम एण्ड अवे अन्तर्गत लिग खेल भएको थियो। प्रतियोगितामा विराटनगरका एभरेष्ट, बिकेभिएम, सगरमाथा, पोखरिया, अरनिको, सेन्ट जोसेफ, डिपिएस र डनबस्को स्कुलले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार