मुख्य समाचार
नोवेल एजुकेशन लेटाङ–८ जाँतेमा विज्ञान प्रदर्शनी सम्पन्न (भिडियोसहित) | सुन्दरहरैँचा विराट एक्स्पोको तयारी तिव्र, (अध्यक्ष नारायण कार्कीसँगको विशेष कुराकानी) | लेटाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मेसन तालिम सञ्चालन (भिडियोसहित) | उपमेयर पक्षको माग पुरा गर्ने मेयरको प्रतिवद्धतापछि इटहरीको विवाद साम्य (भिडियोसहित) | इटहरीमा मेयर र उपमेयरको विवाद बढ्दो, मेयरले मनलाग्दी गरेको आरोप | लेटाङमा फागुन ३ देखि खेलकुद महोत्सव हुँदै, ९ विधामा प्रतिस्पर्धा | शैक्षिक परामर्श व्यवसायलाई प्रदेश मातहत राख्न व्यवसायीहरुको माग | लेटाङमा बाँसका फर्निचर बनाउने तालिम सुरु | एमाले मोरङको १० औँ जिल्ला अधिवेशनको तयारी तिव्र, फागुन १० गते एकैदिन प्रतिनिधि छनौट गरिने | प्रेस चौतारी सुनसरीले यसरी मनायो स्थापना दिवस |

लेटाङमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम शुभारम्भ (भिडियोसहित)

रेवती रमण निरौला 93+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

लेटाङ । लेटाङ नगरपालिकामा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम शुभारम्भ गरिएको छ । लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि कोशी प्रदेश प्रहरी कार्यालयले सुरु गरेको अभियान लेटाङ नगरपालिकामा पनि शुभारम्भ गरिएको हो । दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सञ्चालनका लागि हरेक पालिकाको उपाध्यक्ष वा उपप्रमुखको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय संरचना निर्माण गरि अभियान सञ्चालन गर्ने गरिएको छ । 

सोही अनुशार लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रममा नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरि प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, नगरपालिकाको  सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका कर्मचारी, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नगरपालिकाले समेत दुर्व्यसन नियन्त्रणका लागि काम गर्ने योजना बनाइरहेका बेला कोशी प्रदेश प्रहरी कार्यालय मार्फत अत्यन्तै प्रभावकारी कार्यक्रम आएको भन्दै सहकार्य गरेर अघि जाने बताउनुभयो ।

यसैगरि नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले आमाहरुमार्फत दुर्व्यसन नियन्त्रण गर्ने अभियान निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नभुयो । उहाँले दुर्व्यसन नियन्त्रण गर्नका लागि नगरपालिकाले बजेट व्यवस्थापन समेत गरेको भन्दै प्रहरीसँग मिलेर अघि बढेको अवस्थामा प्रभावकारी काम गर्न सकिने उल्लेख गर्नुभयो । 

प्रहरी निरीक्षक भीमलाल ओलीले आमाहरुको सहयोगमा लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्नका लागि सहज हुने भएकाले कोशी प्रदेश प्रहरी कार्यालयले अभियान सुरु गरेको बताउनुभयो । उहाँले यस कार्यका लागि नगरपालिकाको सहयोग अत्यावश्यक रहेको पनि बताउनुभयो । कार्यक्रम अन्तरगत नगरपालिकाका दुव्र्यसन प्रभावित क्षेत्र छनौट गरि आमाहरुसँग छलफल गरि जनचेताना लगायतका काम अघि बढाउने बताइएको छ ।  

  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार