मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लेटाङमा प्रहरीको लागुऔषध सर्च अभियान, तालिमप्राप्त कुकुरको सहयोगमा चेकजाँच, ४ जना पक्राउ

मोरङ खबर 394+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

लेटाङ । लेटाङ क्षेत्रमा लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि विहीबार प्रहरीले विशेष सर्च अभियान सञ्चालन गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङको समन्वयमा कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेको डग शाखा धरानबाट तालिम प्राप्त कुकुरसहित आएको टोलीले लेटाङका विभिन्न शंकास्पद ठाउँमा विशेष सर्च अभियान सञ्चालन गरेको हो ।  

टोलीले लेटाङ नगरपालिको वडा नम्बर २, ३, ४, ५ र ६ नम्बर वडाका शंकास्पद ठाउँहरुमा सर्च अभियान सञ्चालन गरेको जनाएको छ । विहान ९ बजेदेखि २ बजेसम्म सर्च अभियान चलाएको प्रहरीले लेटाङ कानेपोखरी सडकको गंगेचौकमा चेकपोष्ट नै खडा गरेर चेकजाँच गर्यो भने शंकास्पद स्थान त्रिशुली चौक, धराने चौक, जिरिखिम्ती जाने बाटो, तालिम केन्द्र, ढोल चौक, डिल्ले चौक लगायतका ठाउँमा पनि सर्च गर्यो । यसैगरि लेटाङ बजारको सिरानमा रहेको मिलन चौकस्थित ट्याक्सि स्टेण्डमा पुगेर पहाडी क्षेत्रमा चल्ने सवारी सधानमा समेत चेकजाँच गरिएको छ ।  

प्रहरी टोलीले यसअघि पक्राउ परेका व्यक्तिहरु तथा स्थानीयवासीले दिएको सूचनाको आधारमा लेटाङका १० वटा घरमा समेत कुकुरसहित सर्च गरेको जनाएको छ । यस्तै प्रहरीले केही शंकास्पद व्यक्तिलाई समेत चेकजाँच गरेको छ ।  

चेकजाँचका क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । २ जनालाई लेटाङ ३ कीर्तिमान, १ जनालाई लेटाङ ५ डिल्ले चौक र १ जनलाई लेटाङ ६ तालिम केन्द्र छेउबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिनुभयो । कीर्तिमानबाट पक्राउ परेकाहरुको साथबाट ट्रामाडोल, नाइट्रोभेट जस्ता लागुऔषध भेटिएकाले मुद्दाको प्रकृया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।   

इलाका प्रहरी कार्यालय लेटाङसँगको समन्वयमा डग शाखा धरानबाट तालिमप्राप्त कुकुरसहित आएको टोलीलाई सर्च अभियान सञ्चालन गर्दा नगरपालिकाका जनप्रतिनिधि र लेटाङ सचेत नागरिक समाज लगायतका स्थानीयवासीले सहयोग गरेका थिए । प्रहरीको सर्च अभियानलाई लेटाङका जनप्रतिनिधि र स्थानीयवासीले खुलेर साथ दिएको प्रहरीले जनाएको छ ।   

लेटाङमा भर्खरै मात्र लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि नागरिकस्तरबाट अभियान सुरु गरिएकोमा प्रहरीको सर्च अभियानले त्यसमा थप मद्दत पुग्ने लेटाङ सचेत नागरिक समाजका अध्यक्ष भरतकुमार राईले बताउनुभयो । उहाँले प्रहरीसँग समन्वय गरेर आगामी दिनमा अभियानलाई निरन्तरता दिने बताउनुभयो ।   

यता इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीले लेटाङमा लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न प्रहरी कृयाशील रहेको बताउनु भएको छ । उहाँले आफु लेटाङमा आएपश्चात लागुऔषधसहित पक्राउ परेका १० जनालाई मुद्दा चलाइएकोमा ६ जना पुर्पक्षका लागि कारागार चलन भएको जानकारी दिनुभयो । धेरै संख्यामा प्रयोगकर्ताहरु पक्राउ गरिएको भएपनि प्रमाण नपुग्दा सचेत गराएर परिवारको जिम्मा लगाएर छाड्ने गरिएको रेग्मीले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार