मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

मनोज राई र बिनिशा लिम्बूले जिते रन कमलपुरको उपाधि

मोरङ खबर 407+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

-राजु गौतम 

लेटाङ, २-माघ । कमलपुर टोल टोल विकास संस्था लेटाङ ३ को आयोजनामा मंगलबार सम्पन्न रन कमलपुर २०८० को उपाधि पुरुषतर्फ मनोज राई र महिलातर्फ बिनिशा लिम्बूले जितेका छन् ।

प्रमुख अतिथि प्रतिनिधि सभाका पूर्वसदस्य माननीय घनश्याम खतिवडाले लेटाङ अस्पताल अगाडी दौडमा सहभागी प्रतिस्पर्धिहरूमाझ रिवन काटी दौड प्रतियोगिता उद्घाटन गर्नु भएको थियो । दौडको निर्धारित दुरी लेटाङ अस्पतालबाट प्रशान्त मेडिकल हल, मिलनचोक, गंगेचोक हुँदै कमलपुर मैदानसम्मको ५ किलोमिटर तय गरिएको थियो ।

पुरुषतर्फका विजेता मनोज निर्धारित दुरी १५ मिनेट ३९ सेकेण्डमा पार गर्दै च्याम्पियन बनेका हुन भने १६ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै आशिष विक दोस्रो र १६ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै प्रविन बराइली तेस्रो भए । त्यस्तै सुनिल श्रेष्ठ, रक्की मगर, लोकेन्द्र लिम्बू, जीवन गजमेज, युगेश राई, सरोज राई र कमल ओझाले क्रमशः चैथो देखि दशौं स्थान हासिल गरेका छन् । 

महिला तर्फकी बिनिशाले निर्धारित दुरी २१ मिनेट २ सेकेण्डमा पार गर्दै च्याम्पियन बनिन् । यस्तै २१ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै यानी लम्बू दोश्रो र २२ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै कुन्ता थापा मगर तेस्रो भइन् । यस्तै प्रीया राई, सञ्जना मगर, सोलिना लिम्बू, अनुसा राई, सजिना राई, दीक्षा राई र अन्जु मगरले क्रमशः चैथो देखि दशौं स्थान हात पारेका छन् । 

महिला र पुरुष दुवैतर्फका विजेताहरूलाई प्रथम पुरस्कार ५ हजार, दोस्रो पुरस्कार ३ हजार, तेस्रो पुरस्कार २ हजार र चौथोदेखि दशौं स्थानसम्मका सहभागीलाई सान्त्वना पुरस्कार  स्वरुप ५ सयका दरले पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै बालप्रोत्साहन तथा जेष्ठ प्रोत्साहन स्वरुप  ५ ५ सयका दरले रकम प्रदान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभाका पूर्व सदस्य माननीय घनश्याम खतिवडा, लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावती, नगर उपप्रमुख कृष्णकुमारी निरौला, वडा नं ३ का वडा अध्यक्ष डम्बर राई, वडा नं ४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ लगायतका अतिथिहरुले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो । 

प्रतियोगितालाई आर्थिक सहयोग देश विदेशबाट प्राप्त भएको र प्रतियोगिताको खर्च कटाएर रहेको रकमबाट खुला व्यायामशाला निर्माण गरिने वडा नं ३ का वडाअध्यक्ष डम्बर राईले जानकारी दिनुभयो ।  प्रतियोगिताको आयोजक कमलपुर टोल विकास संस्था रहेकोमा सहयोगीहरू लेटाङ नगरपालिका, ३ नम्बर वडा कार्यालय, कमलपुर सामुदायिक वन र सनराईज युनाईटेड क्लब रहेकोमा मिडिया पार्टनर कमलपुर ग्यालरी र लेटाङ खबर रहेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार