मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

रेडक्रस सुन्दरहरैँचाद्वारा पत्रकार सुवेदी सम्मानित (भिडियो सहित)

मोरङ खबर 394+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

सुन्दरहरैंचा । नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाको दोस्रो वार्षिक साधारणसभामा सुन्दरहरैंचामा कृयाशील सञ्चारकर्मी कृष्णचन्द्र सुवेदी सम्मानित हुनुभएको छ । सुन्दरहरैंचालाई कार्यक्षेत्र बनाई सक्रिय पत्रकारिता गरिरहेका सुवेदीलाई रेडक्रश उपशाखा सुन्दरहरैँचाले स्व. मनोरथ ढकाल स्मृति युवा पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको हो । रेडक्रश उपशाखा सुन्दरहरैँचाका संस्थापक अध्यक्ष टीकाराम ढकालले स्थापना गर्नुभएको पुरस्कार पहिलो पटक सुवेदीलाई प्रदान गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाका सभापति घनिन्द्र न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, पुरस्कारको दाता परिवारका प्रतिनिधिले पत्रकार सुवेदीलाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाएर नगदसहित सम्मान गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष न्यौपानेले आगामी दिनमा वडाले रेडक्रससँग सहकार्य गरेर विपद्जन्य कार्यमा हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाका सभापति घनिन्द्र न्यौपानेले संस्थाले हालसम्म गरेका कार्य र आगामी योजना समावेश गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । 

कार्यक्रममा आजवीन सदस्यता लिएकाहरुलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । सोसाइटीका सचिव बाबुराम निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार