लेटाङ । लेटाङ १ स्थित जंगल क्षेत्रमा अपरिचित व्यक्तिको शव फेला परेको छ । लेटाङको कात्र्तीके भन्ने ठाउँ नजिकै रहेको जंगलस्थित चेपाहा खोल्सीमा अधवैशे उमेरको जस्तो देखिने व्यक्ति मृत फेला परेका हुन् ।
स्थानीयवासीले सुँगुरको चारो खोज्न जाँदा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । अहिले वडाध्यक्ष विष्णु मगरसहित इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ । शव घोप्टो परेको तथा सडेको अवस्थामा रहेकाले पहिचान गर्न समस्या भएको स्थानीयले बताएका छन् ।
मृत व्यक्तिले कालो पेन्ट र जुत्ता लगाएका छन् भने शरिरको मथिल्लो भागमा कपडा छैन । ती व्यक्तिको १५ २० दिन अघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको राजारानी पर्यटक विकास समितिका अध्यक्ष सुजन मगरले जानकारी दिनुभयो ।
