मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान (भिडियोसहित) | लेटाङका निरौलाहरुले गरे उधौली गोठधूप, माघमा देवाली पूजा गर्ने | मोरङ पाथिभरामा विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न | लेटाङ–४ लाई बालमैत्री वडा घोषणा गरिने, जिससको टोलिद्वारा अनुगमन | लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि |
मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान (भिडियोसहित) | लेटाङका निरौलाहरुले गरे उधौली गोठधूप, माघमा देवाली पूजा गर्ने | मोरङ पाथिभरामा विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न | लेटाङ–४ लाई बालमैत्री वडा घोषणा गरिने, जिससको टोलिद्वारा अनुगमन | लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि |


लेटाङमा नीति निर्माणको नयाँ अभ्यास सुरु, विभिन्न पक्षसँग सुझाव माग

रेवती रमण निरौला 151+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

लेटाङ । लेटाङ नगरपालिकाले नगरपालिकाको नीति निर्माणका क्रममा नयाँ अभ्यास  सुरु गरेको छ । अघिल्ला वर्षहरुमा नगरसभा सुरु हुनु भन्दा केहिदिन अघि हतार–हतारमा नीति निर्माण हुने गरेकोमा नगरपालिकाले यसवर्षदेखि नयाँ अभ्यास सुरु गर्दै विषयगत समितिमार्फत नीति निर्माणको काम थालेको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ । ०८३ को नीति निर्माणका लागि स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए बमोजिम विषयगत समितिमा छलफल गरि नीति निर्माण प्रकृया अघि बढाएको  छ । बजेट निर्माण गर्ने क्रममा ऐनमा व्यवस्था भए अनुसार नीति, कार्यक्रम र क्रियाकलापहरुबीच तादात्म्यता कायम गर्नकालागि विषयगत समितिमार्फत नीति निर्माण गर्न थालिएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले जानकारी दिनुभयो । 

विषयगत समितिमार्फत नीति निर्माण गर्नुपर्ने पुरानै व्यवस्था भएपनि पहिलोपटक नीति तर्जुमा कार्याशाला सञ्चालन गरेर विषयगत समितिमार्फत नीति निर्माण गर्ने अभ्यास थालिएको उहाँको भनाइ छ ।

नगरपालिकाले विषयगत समितिका संयोजक, सदस्य र सम्बन्धित शाखाका कर्मचारीहरु लगायतको सहभागितामा कार्यशाला सञ्चालन गरि आगामी आर्थिक वर्षको नीति निर्माण गरेको हो । नगरपालिकाले पहिलोपटक विषयगत समितिमा छलफल गरि नीति निर्माण गर्ने र सोहि नीति अनुशार बजेट तथा कार्यक्रम निर्माण गर्ने अभ्यास थालेको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो । सहि नीति बनाएर नीति अनुशार बजेट तथा कार्यक्रम तयर गरेर अघि बढेको अवस्थामा बजेट कार्यान्वयनमा पनि सहज हुने उहाँको भनाइ छ ।  

नगरपालिकाले समयतालिका नै निर्माण गरि संघीय र प्रदेश कानुनको अधिनमा रहि आवधिक योजना, गुरुयोजना, आयोजना वैंक, मध्यमकालिन खर्च संरचना तथा विभिन्न सूझावहरुका आधारमा आगामी आर्थिक वर्षको नीति निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले बताउनुभयो । यसरी ऐनमा भएको व्यवस्था अनुशार नीति निर्माण गर्दा स्थानीय तह सँस्थागत क्षमता स्वमूल्यांकन लीजाको अंक वृद्धिभइ संघीय सरकारबाट आउने अनुदान समेत बढ्ने उहाँको भनाइ छ । 

 नगरपालिकाको आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन वातावरण तथा विपद व्यवस्थापन समिति र सँस्थागत विकास तथा सुशासन समितिले आआफ्नो विषयसँग सम्बन्धित नीति निर्माण गरि कार्यपालिका वैठकमा पठाएका छन् । 

नगरपालिको विभिन्न विषयगत समितिका संयोजकहरुले समेत पहिलोपटक विषयगत समितिमार्फत नीति निर्माणको काम थालिएको भन्दै यसले नगरपालिकाको नीति तथा बजेट कार्यान्वयनमा सहयोग पुग्ने बताएका छन् । आर्थिक विकास समिति संयोजक भूमबहादुर सूर्यमगर र लेखा समिति संयोजक तेजप्रसाद तिम्सिनाले जनप्रतिनिधि भएर आएको ८ वर्ष पुरा हुनै लाग्दा पहिलोपटक नीति निर्माण गर्न विषयगत समितिमा छलफल गरिएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

नगरपालिकाले विषयगत समितिमा छलफल गर्नुका साथै सामाजिक सञ्जालबाट समेत नीति निर्माणका लागि नगरवासीसँग सुझाव माग गरेको छ । यस्तै नगरका लक्षित समूह,  वडाका जनप्रतिनिधि र कर्मचारीहरुसँग पनि छलफल गरि सुझाव माग गरिएको छ । अब नगरमा रहेका विभिन्न सँघसँस्थाका प्रतिनिधिहरु र राजनीतिक दलका प्रतनिधिहरुसँग समेत छलफल गरि सुझाव माग गरेर आगामी आर्थिक वर्षको नीति निर्माण सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया

Om prakash Bishwakarma ८ वैशाख २०८२, सोमबार

अघिल्ला बर्षहरूका कर्मचारीले ल्याएका नीतिमा केही हेरफेर हुन्थे भने यश बर्ष विषयगत समिति का जनप्रतिनिधि हरू र शाखा प्रमूखहरू बसेर लेटाङको नीति निर्माण गर्ने नया अभ्यास भएको छ। यसले गर्दा नीतिमा टेकेर कार्ययोजना बनाउन सहज हुने भएको छ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार