मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

विद्यार्थीहरुलाई जाँतो र ओखल चिनाउँदै नोवेल एजुकेशन (भिडियोसहित)

मोरङ खबर 394+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

जाँते । नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशन लेटाङ–८ जाँतेले बुकफ्री फ्राइडे अन्तरगत विद्यार्थीहरुलाई परम्परागत घरेलु प्रविधि तथा औजार बारे जानकारी प्रदान गरेको छ । फागुन महिनाको अन्तिम शुक्रबार आज नोवेल एजुकेशनले विद्यार्थीहरुलाई अन्न पिस्ने परम्परागत औजार जाँतो र ओखल तथा मुस्लीको बारेमा जानकारी गराउँदै ति प्रविधि प्रयोगकोे अभ्यास समेत गराएको छ । 

विद्यालयले हरेक महिनाको अन्तिम शुक्रबारलाई बुकफ्री फ्राइडे घोषणा गरि विद्यार्थीहरुलाई कितावको भारी नबोकाइ विद्यालयमा बोलाएर अतिरिक्त कृयालापहरुमा सहभागी गराउने गरेको छ । यसरी अतिरिक्त कृयाकलापमा सहभागी गराउने क्रममा यसपटक नोवेल एजुकेशनले अन्न पिस्ने जाँतो, ओखल र मुस्लीको परिचय, महत्व र विशेषता बारे विद्यार्थीहरुलाई जानकारी गराउँदै प्रयोग गर्न पनि सिकाएको हो । 

यसैगरि बुकफ्री फ्राइडे अन्तरगत विद्यालयले विद्यार्थीहरुलाई नाटकमा अभिनय समेत गराएको छ । विद्यार्थीहरुले विभिन्न समूहमा रहेर भिन्ना भिन्नै नाटक प्रस्तुत गरेका थिए । यस्तै कपितय विद्यार्थीहरुले आफुसँग भएको कला प्रस्तुत गर्ने क्रममा गीत गाएर सुनाएका थिए । 

यसैगरि विद्यालयले बुकफ्री फ्राइडे अन्तरगत विद्यार्थीहरुलाई योग तथा प्राणायमको अभ्यास गराएको छ । पछिल्लो समय मासिनहरुमा स्वास्थ रहन योग तथा प्राणायाम गर्ने चलन बढ्दै गएको अवस्थामा विद्यालयले पनि विद्यार्थीहरुलाई योग र प्राणायम गर्न सिकाएको हो । 

यसैगरि विद्यालयले बुकफ्री फ्राइडे अन्तरगत साना कक्षाका विद्यार्थीहरुलाई बेग्लै कृयाकलापमा सहभागि गराएको छ । उनीहरुलाई रङ र आकृति चिनाउने कलर र सेफ सेलिव्रेसनमा सहभागि गराइएको हो ।

नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनका प्रिन्सिपल भोलानाथ पाण्डेले यसै शैक्षिक सत्रदेखि विद्यालयले पहिलोपटक बुकफ्री फ्राइडे सुरु गरेकोमा फागुनको अन्तिम शुक्रबार यसवर्षको अन्तिम कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले बुकफ्री फ्राइडेको अभ्यास निकै प्रभावकारी देखिएकाले आगामी वर्ष अझ परिस्कृत गरि निरन्तरता दिने पनि जानकारी दिनुभयो । 

नोवेल एजुकेशनले यसअघिका बुकफ्री फ्राइडे अन्तरगत दुनाटपरी गाँस्ने, कुचो बनाउने, परालबाट गजरा र पिरा बनाउने, वादी कात्ने, माटाको सामाग्री बनाउने जस्ता परम्परागत शीप तथा वाइरिङ र प्लम्बिङ जस्ता आधुनिक ज्ञान समेत प्रदान गरेको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार