मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

निरौला वन्धू सेवा समाज लेटाङको तेश्रो अधिवेशन तथा उभौली गोठधुप पूजा सम्पन्न

मोरङ खबर 406+ समाचार ( )
लेटाङ ५ खेरुवास्थित वीरबहादुर निरौलाको निवासमा सम्पन्न अधिवेशनले आगामी ३ वर्षका लागि लेटाङ ९ जाँतेका शिवप्रसाद निरौलाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
२८ वैशाख २०८२, आइतबार

लेटाङ । निरौला वन्धू सेवा समाज नगर कार्य समिति लेटाङको तेश्रो अधिवेशन तथा उभौली गोठधुप पूजा लेटाङ ५ खेरुवामा सम्पन्न भएको छ । लेटाङ ५ खेरुवास्थित वीरबहादुर निरौलाको निवासमा सम्पन्न अधिवेशनले आगामी ३ वर्षका लागि लेटाङ ९ जाँतेका शिवप्रसाद निरौलाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । 

अधिवेशनबाट उपाध्यक्षमा लेटाङ ३ का राजबहादुर निरौला, सचिवमा लेटाङ ५ का इन्द्रबहादुर निरौला, सहसचिवमा लेटाङ ९ की रोजिना निरौला र कोषाध्यक्षमा लेटाङ ९ का भोलानाथ निरौला चयन हुनु भएको छ । 

यस्तै सदस्यहरुमा लेटाङ ५ का गोविन्दप्रसाद निरौला, लेटाङ ६ का घनश्याम निरौला, लेटाङ ९ का पुण्यप्रसाद निरौला, लेटाङ ५ का वीरबहादुर निरौला, लेटाङ ५ का डम्बरबहादुर निरौला, लेटाङ २ का रामप्रसाद निरौला,  लेटाङ ५ का कैलाश निरौला, लेटाङ ८ का टेकबहादुर निरौला, लेटाङ ९ की सुशीला निरौला र लेटाङ ९ की सिर्जना निरौलालाई चयन गरिएको छ ।  

यसैगरि सल्लाहकार समिति संयोजकमा लेटाङ ४ का नेत्रप्रसाद निरौला, सदस्यमा लेटाङ ५ का सूर्यबहादुर निरौला र लेटाङ ४ की सुनिता निरौला चयन हुनु भएको छ । 

निरौला वन्धू सेवा समाज लेटाङका तत्कालिन अध्यक्ष सूर्यबहादुर निरौलाको अध्यक्षतामा भएको अधिवेशनमा निरौला वन्धू सेवा समाजका केन्द्रिय सचिव कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्यता हेको थियो भने लेटाङ नगरपालिका उपप्रमख कृष्णकुमारी निरौलाको विशिष्ट आतिथ्यता र निरौला वन्धू सेवा समाज मोरङका सचिव रेवतीरमण निरौला लगायतको आतिथ्यता रहेको थियो  ।

सो अवसरमा लेटाङ ३ का राजबहादुर निरौलाले निरौला वन्धू सेवा समाज लेटाङलाई १ कठ्ठा जग्गा दान गर्ने घोषणा पनि गर्नुभयो । 

हरेक वर्षको वैशाखे पुर्णिमा अघि गरिने उभौली गोठधुप पूजाको अवसरमा नगर अधिवेशन पनि सम्पन्न गरिएको हो । सो अवसरमा विधिपूर्वक गोठधप पूजा सम्पन्न गरि खिरप्रसाद समेत वितरण गरएको थियो । निरौलाहरुले हरेक वर्ष वैशाखमा उभौली र मंसिरमा उधौली गोठधुप पूजा गर्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार