मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |
मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |


लेटाङ, जाँतेमा तेक्वान्दोको कोशी प्रदेश स्तरीय ग्रेडिङ सम्पन्न

रेवती रमण निरौला 160+ समाचार ( )
१३ माघ २०८०, शनिबार

लेटाङ । मोरङको लेटाङ ८ जाँतेमा तेक्वान्दोको कोशी प्रदेश स्तरीय ग्रेडिङ सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल कोशी प्रदेशको आयोजना तथा लेटाङ ८ जाँतेस्थित नोवेल एजुकेशन डेभ्लोपमेन्ट फाउण्डेशन तेक्वान्दो डोजाङको व्यवस्थापनमा माघ १२ गतेदेखि सुरु गरि १३ गते ग्रेडीङ सम्पन्न गरिएको हो ।

ग्रेडीङमा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, भोजपुर लगायत जिल्लाबाट गरि जम्मा ७८ जना विभिन्न ग्रेडका प्रशीक्षार्थी खेलाडी सहभागी भएका छन् । उनीहरुले आफ्नो ग्रेड भन्दा माथिल्लो ग्रेडमा जानका लागि प्रयोगात्मक परीक्षा दिएझैं खेल कौशल प्रदर्शन गरेको नोवेल डोजाङका प्रशिक्षक राजन राईले जानकारी दिनुभयो ।


राष्ट्रिय तेक्वान्दो संघ नेपाल कोशी प्रदेश महासचिव तथा सिनियर ग्रेडिङ कोशी प्रदेशका संयोजक पिताम्वर पौडेलले उत्तरी मोरङको ग्रामिण क्षेत्रमा समेत तेक्वान्दो खेलको बारेमा प्रचार प्रसार गर्ने उद्देश्यले लेटाङमा ग्रेडीङ आयोजना गरिएको बताउनुभयो । उहाँले फष्ट डनदेखि थर्ड डनसम्मको सिनियर लेभलको ग्रेडिङ प्रदेशस्तरमा लेटाङमा भएको र फोर्थ देखि सेभेन्थ डानसम्मको हाइयार सिनियर लेभलको ग्रेडिङ भने राष्ट्रिय स्तरमा काठामाडौंमा हुने गरेको बताउनुभयो । 

  लेटाङ ८ जाँतेस्थित नोवेल एजुकेशन डेभ्लोपमेन्ट फाउण्डेशनले तेक्वान्दो डोजाङ स्थापना गरि प्रशिक्षक नै राखेर करिव २ वर्ष अघिदेखि तेक्वान्दो खेल खेलाउँदै आएकोमा नोवेलकै पहलमा कोशी प्रदेश स्तरीय ग्रेडिङ लेटाङमा सञ्चालन गरिएको हो ।

३० जना व्ल्याक बेल्ट खेलाडी रहेको यस विद्यालयका विद्यार्थीहरुले तोक्वान्दोको विद्यालयस्तरको अन्तर्राष्ट्रिय पदक पनि जितिसकेका छन् । छात्राहरुलाई आत्मरक्षको लागि समेत आवश्यक ठानेर तेक्वान्दो खेल खेलाउन सुरु गरिएको संस्थापक तथा प्रधानाध्यापक भोला पाण्डेको भनाइ छ ।

ग्रेडीङको समापन कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । खेलाडीहरुको खेल कौशल अवलोकन गरेपछि प्रमुख अतिथिको मन्त्व्य राख्दै उपप्रमुख निरौलाले तेक्वान्दो खेलको विकासका लागि नगरपालिकाले यसअघि पर्याप्त ध्यान नदिएको भन्दै आगामी दिनमा सम्बोधन गरेर जाने बताउनुभयो । खासगरि छात्राहरुको आत्मरक्षा र युवा पुस्तालाई कुलतबाट जोगाउन पनि खेल क्षेत्र महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।  

 नोवेल एजुकेशन डेभ्लोपमेन्ट फाउण्डेशनका सञ्चालक तथा प्रधानाध्यापक भोला पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा लेटाङ प्याव्सनका अध्यक्ष कमल अधिकारी, राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्र विश्वकर्मा, लेटाङ ८ का वडासदस्य नवीन लिम्बू, राष्ट्रिय तेक्वान्दो संघका विभिन्न तहका पदाधिकारीहरु तथा तेक्वान्दोका प्रशिक्षकहरु लगायतको आतिथ्यता रहेको थियो । आज सम्पन्न ग्रेडिङको नतिजा आउन भने केहि दिन लाग्ने बताइएको छ ।   

कोरियाद्विपमा वौद्ध भीक्षुहरुले आफ्नो स्वास्थ्य र सुरक्षाका लागि विकास गरेको कलाले पछि खेलको रुप लिएको बताइन्छ । दक्षिण कोरियाबाट सुरु भएको तेक्वान्दो खेल करिव एकसय वर्ष अघिदेखि प्रतियोगितात्मक खेलका रुपमा विकास भएको जानकारहरको भनाइ छ । 

भिडियो समाचारका लागि यो  लिंक https://fb.watch/pQQ9UuR8np/  क्लिक गर्नुहोला । कार्यक्रमको पुरा भिडियोका लायि यो  लिंक https://youtu.be/EswFg9KwsVI?si=RyKcBbkYTXWtqny8   क्लिक गर्नुहोला । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार