मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

सूर्य प्राविको वार्षिकोत्सव सम्पन्न, २ लाख बढीको अक्षयकोष स्थापना (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

लेटाङ । सूर्य प्राथमिक विद्यालय लेटाङ ५ ले ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । बुधबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र पाङ्मी मगरको अध्यक्षता तथा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमसहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । 

अभिभावक दिवसको अवसरमा दाताहरुबाट विद्यालयमा २ लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र पाङ्मीको परिवारबाट ५० हजार, प्रधानाध्यापक नरेन्द्र बहादुर खड्काको परिवारबाट ५० हजार, विद्यालयका शिक्षक भक्त बहादुर मगरको परिवारबाट ५१ हजार १ सय ५१, पूर्व शिक्षक गणेश घिमिरेको परिवारबाट ५१ हजार ५ सय ५५, शिक्षक राजु गौतमबाट १० हजार र शिक्षक मनिसा भुर्तेलबाट १० हजार गरी कूल २ लाख २२ हजार ७ सय ६ रुपैयाँको अक्षयकोष घोषणा गरि विद्यालयलाई चेक हस्तान्तरण गरिएको छ । 

यसैगरि वार्षिकोत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष तथा जग्गादाता सूर्य बहादुर निरौला, पूर्वअध्यक्षहरु लिला थापा,  सीताकुमारी मगर र हालका व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र पाङ्मीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । यस्तै विद्यालयको स्थापना तथा सञ्चालनमा योगदान पुर्याउनु हुने मान बहादुर कार्की र सेवा निवृत्त हुन लाग्नु भएका शिक्षक भक्त बहादुर मगरलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको छ ।  यस्तै पूर्व शिक्षक सपना राई र हेमकुमारी मगरलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले सूर्य प्राविले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको पाइएको भन्दै थप सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले नगरको शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्ति गर्ने नीति लिएको समेत जानकारी गराउनुभयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयको विगत, वर्तमान र आगामी योजना बारे जानकारी गराउनुभयो । 

कार्यक्रममा विद्यालयले सञ्चालन गरेका वार्षिक परीक्षामा उत्कृष्ट हुने,  अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने, वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजेत हुने र वार्षिक हाजिरी, सरसफाई, अनुशासन र आज्ञाकारी विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । 

यस्तै चन्द्र बहादुर मगर अक्षयकोष छात्रवृत्ति र त्रिवेणी सामुदायीक वन अक्षयकोष छात्रवृत्ति प्रदान गरिएको छ भने विद्यालयका पूर्वविद्यार्थीहरुले विद्यालय पोशाक प्रदान गरेका छन् ।

सो अवसरमा अभिभावकहरुबीच विभिन्न खेल खेलाइएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा लेटाङ ५ का वडासदस्य शोभा खड्का, पूर्वजनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यहरु, स्थानीय सामुदायीक वन, सहकारी लगायतका संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार