मुख्य समाचार
इटहरीमा खुल्यो रिसोर्स एजुकेशन हब | लेटाङ राजारानीमा होमस्टे सञ्चालनका लागि रैथाने परिकार बनाउने तालिम सञ्चालन (भिडियोसहित) | लेटाङ जाँतेमा हर्सोल्लासपूर्वक मनाइयो उभौली पर्व, किराँत संग्राहलय तथा भ्यूटावर सञ्चालनमा (भिडियोसहित) | अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई झोला वितरण (भिडियोसहित) | लेटाङ ९ जाँतेमा भव्यताका साथ मनाइयो वुद्ध जयन्ती, विविध साँस्कृतिक झाँकी प्रदर्शन | ‘सुनौलो जून’ हाइकुसंग्रह लोकार्पण | निरौला वन्धू सेवा समाज लेटाङको तेश्रो अधिवेशन तथा उभौली गोठधुप पूजा सम्पन्न | लेटाङमै सुरु भयो क्यान्सरको विशेषज्ञ सेवा, अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो (भिडियोसहित) | लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना (भिडियोसहित) | लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने (भिडियोसहित) |

साहित्य सदन नेपालको आयोजनामा कविता महोत्सव हुने

मोरङ खबर 368+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

काठमाडौँ । साहित्य सदन नेपालको आयोजनामा काठमाडौँमा कविता महोत्सव २०८१ हुने भएको छ । विश्व कविता दिवस मार्च २१ का अवसरमा चैत्र ८ गते शुक्रबार साहित्य सदन नेपालको कार्यालय रामहिटी बौद्धमा हुने कविता महोत्सवमा राष्ट्रव्यापि कविता प्रतियोगिताका उत्कृष्ट कविका साथै अतिथि कविहरुले कविता वाचन गर्दैछन् ।     

       साहित्य सदन नेपालले गत फागुन २५ गतेभित्र राष्ट्रव्यापी कविता प्रतियोगिताका लागि कविता पठाउन आह्वान गरेकोमा सो अवधि भित्र प्राप्त कविताहरुमध्ये उत्कृष्ट ५ जनालाई चैत्र ८ गते हुने कविता महोत्सवमा कविता वाचन गर्न लगाउनुका साथै पुरस्कृत गरिंदैछ । तोकिएको म्यादभित्र प्राप्त भएका र मापदण्डमा परेका कविताहरू कोड नम्बरका आधारमा विज्ञहरूबाट मूल्यांकन गरेर उत्कृष्ट पाँचमा पर्न सफल कविलाई पुरस्कृत गर्न लागिएको हो ।

 साहित्य सदन नेपालले कोड नम्बरका आधारमा प्राप्त कविताहरुलाई मूल्यांकन गरि उत्कृष्ट ५ जना कविता र कविको नाम सार्वजनिक गरिसकेको छ ।

जसमध्ये २०३ कोड नम्बरका भक्तपुरका कवि भीष्मराज काफ्लेको ’हामी नेपाली’, २१८ कोड नम्बरको नुवाकोटका कवि एलिसा एकनासको  ’इतिहासका अपूर्ण पृष्ठहरू’, २२२  कोड नम्बरको उदयपुरका कवि जीवन आरोहीको ’उज्यालोको प्रतीक्षा’, २२८  कोड नम्बरको पर्वतका कवि तारानाथ पराजुलीको  ’मेरो देश’ र  २४८  कोड नम्बरको  मोरङका कवि सोमनाथ दाहाल ’मेरो देश’ शीर्षकका कविताहरु उत्कृष्ट ५ मा परेका छन् । 

अब कविता महोत्सवका अवसरमा प्रथम, दोश्रो र तेश्रो हुने ३ जनाको नाम घोषणा गरिनेछ । प्रथम हुनेले प्रमाणपत्रसहित नगद ३० हजार, दोश्रोले २० हजार र तेश्रो हुने ३ जनाले १०\१० हजार नगद पुरस्कार पाउनेछन् । 

चैत्र ८ गते हुने कविता महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति  वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख अतिथ्यता रहनेछ । यस्तै पूर्व कुलापति वरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेती र वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंको विशिष्ट आतिथ्यता रहने साहित्य सदन नोपलका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले जानकारी दिनुभयो । साहित्य सदन नेपालले हरेक वर्ष राष्ट्रव्यापि कविता प्रतियोगिता सञ्चालन गर्नुका साथै कविता महोत्सव गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार