मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न लेटाङ सचेत नागरिक समाज गठन

मोरङ खबर 394+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

- उमेश चाम्लिङ

लेटाङ । लेटाङ क्षेत्रमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न स्थानीयवासी एकजुट भएका छन् । लेटाङ ३ र ४ मा पर्ने बजार क्षेत्रका स्थानीयवासीको विशेष भेला गरि नगर क्षेत्रमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि लेटाङ सचेत नागरिक समाज गठन गरि एकजुट भएका हुन् । 

नगरपालिका क्षेत्रमा लागुऔषध दुव्र्यसन बढेकाले लागुऔषध दुर्व्यसन नियन्त्रण गरि युवापुस्तालाई त्यसतर्फ लाग्नबाट बचाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्न लेटाङ सचेत नागरिक समाज गठन गरिएको बताइएको छ । स्थानीय वुद्धिजीवि तथा सामाजिक अगुवा वुद्धि चाम्लिङको अध्यक्षतामा बसेको भेलाले भरतकुमार राईको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ । 

समितिको उपाध्यक्षमा रत्नबहादुर सूर्यमगर, तेजबहादुर लिम्बू, सचिवमा चित्र राना मगर, सहसचिवमा यामकुमार राई, कोषाध्यक्षमा भीमबहादुर राई (किरण), सदस्यहरुमा भूपाल कार्की, एकराज अधिकारी, शुक्रबहादुर बलम्पाकी मगर, रमेश लिम्बू, गिरिष कार्की (जुलु), सन्तोष राई, इन्द्रजीत मगर, आशपति राई, प्रकाश राई, अनिल लिम्बू, भविन राई, राजबहादुर राई, पुरण श्रेष्ठ, रत्नबहादुर मगर, दलबहादुर लिम्बू र इन्द्र राई रहेका छन् । 

यस्तै सल्लाहकार समिति संयोजकमा वुद्धि चाम्लिङ, सदस्यमा कविराज लिम्बू, मनकुमार राई, मनिहर्क राई, भविन्द्रकुमार लिम्बू, रंगबहादुर राई, सुवनकुमार याखा र रामकुमार राईलाई चयन गरिएको छ ।

यसैगरि भेलाले लेटाङ बजारमा लागुऔषध दुर्व्यसन सम्बन्धि जनचेतनामुलक र्याली प्रदर्शन गर्ने निर्णय गरेको छ । आगमी फागुन १७ गते सचेतनामुलक प्ले कार्ड र व्यानरसहित लेटाङ बजारमा सचेतनामुलक र्याली निकाल्ने निर्णय गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार