मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

प्रथम हिलेथाम फुटबल कप : साँगुरीगढी र कानेपोखरी विजयी, लेटाङ र केराबारी पराजित (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

-तिलक राई 

केराबारी । मोरङको केराबारी गाउँपालिका २ सिंहदेवीमा जारी प्रथम हिलेथाम फुटबल कप अन्तरगत आज शनिबार भएका खेलमा विजयी हुँदै साँगुरीगढी गाउँपालिका धनकुटा र कानेपोखरी गाउँपालिका मोरङ सेमीफाइनलमा प्रवेश गरेका छन् । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता अन्तरगत आज शनिबार २ वटा क्वाटरफाइनल खेल खेलाइएको हो । पहिलो खेलमा साँगुरीगढीले लेटाङलाई २ का विरुद्ध ४ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै दोश्रो खेलमा आयोजक केराबारी गाउँपालिकालाई ० का विरुद्ध १ गोलले पराजित गर्दै कानेपोखरी गाउँपालिका सेमीफाइनलमा पुगेको छ । यसअघि शुक्रबार भएका २ वटा खेलमा विजयी हुँदै पथरी र मिक्लाजुङले सेमीफाइलनमा स्थान बनाइ सकेका छन् । अब फाइनल प्रवेशका लागि कानेपोखरीले  मिक्लाजुङको र साँगुरीगढीले पथरीको सामना गर्नेछन् ।

पहिलो दिन भएका खेलमा पथरीले केराबारी गाउँपालिका निलो र मिक्लाजुङले चौविसे धनकुटालाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाइ सकेका छन् ।

हिलेथाम पर्यटन तथा खेलकुद विकास समिति केराबारी २ सिंहदेवीको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेताले ट्रफिसहित ७५ हजार र उपविजेताले ट्रफिसहित ५० हजार पाउने आयोजक समितिका अध्यक्ष विक्रम शाहीले जानकारी दिनुभयो ।

पर्यटन तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका र वडा नम्रब २ रहेका छन् भने सिंहदेवी खेलकुद विकास समितिको समेत सहयोग रहेको छ । धनकुटा र मोरङका गरि ८ वटा टीम सहभागी प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । खेल सञ्चालन हुनु अघि मनोरञ्जन प्रदान गर्नका लागि विभिन्न साँस्कृति नृत्यहरु समेत प्रस्तुत गर्ने गरिएको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार