मुख्य समाचार
पतञ्जली योग समिति लेटाङले मनायो दशौँ राष्ट्रिय योग दिवस | लेटाङमा एमालेको कोशी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण शुरु | लेटाङ नगरपालिकाको सार्वजनिक सनुवाई कार्यक्रम सम्पन्न (भिडियोसहित) | विज्ञान बालकथा "भुइँचालो" | लेटाङमा ३ सय ७५ खेलाडी सहभागी म्याराथन सम्पन्न (भिडियोसहित) | नवगठित लेटाङ साहित्य कला सङ्गमको ’सृजना चौतारी’ शृङ्खला शुरु | फजुल खर्च कटाएर ग्रामीण विद्यालयलाई सहयोग | रेडक्रस सुन्दरहरैँचाद्वारा पत्रकार सुवेदी सम्मानित (भिडियो सहित) | “लेटाङ साहित्य कला संगम” विधिवतरुपमा दर्ता | फुटबलको विकासका लागि लेटाङ नगरपालिकाद्वारा खेलाडीहरुसँग अन्तरकृया |

प्रथम हिलेथाम फुटबल कप : साँगुरीगढी र कानेपोखरी विजयी, लेटाङ र केराबारी पराजित (भिडियोसहित)

मोरङ खबर 334+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

-तिलक राई 

केराबारी । मोरङको केराबारी गाउँपालिका २ सिंहदेवीमा जारी प्रथम हिलेथाम फुटबल कप अन्तरगत आज शनिबार भएका खेलमा विजयी हुँदै साँगुरीगढी गाउँपालिका धनकुटा र कानेपोखरी गाउँपालिका मोरङ सेमीफाइनलमा प्रवेश गरेका छन् । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता अन्तरगत आज शनिबार २ वटा क्वाटरफाइनल खेल खेलाइएको हो । पहिलो खेलमा साँगुरीगढीले लेटाङलाई २ का विरुद्ध ४ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै दोश्रो खेलमा आयोजक केराबारी गाउँपालिकालाई ० का विरुद्ध १ गोलले पराजित गर्दै कानेपोखरी गाउँपालिका सेमीफाइनलमा पुगेको छ । यसअघि शुक्रबार भएका २ वटा खेलमा विजयी हुँदै पथरी र मिक्लाजुङले सेमीफाइलनमा स्थान बनाइ सकेका छन् । अब फाइनल प्रवेशका लागि कानेपोखरीले  मिक्लाजुङको र साँगुरीगढीले पथरीको सामना गर्नेछन् ।

पहिलो दिन भएका खेलमा पथरीले केराबारी गाउँपालिका निलो र मिक्लाजुङले चौविसे धनकुटालाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाइ सकेका छन् ।

हिलेथाम पर्यटन तथा खेलकुद विकास समिति केराबारी २ सिंहदेवीको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेताले ट्रफिसहित ७५ हजार र उपविजेताले ट्रफिसहित ५० हजार पाउने आयोजक समितिका अध्यक्ष विक्रम शाहीले जानकारी दिनुभयो ।

पर्यटन तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका र वडा नम्रब २ रहेका छन् भने सिंहदेवी खेलकुद विकास समितिको समेत सहयोग रहेको छ । धनकुटा र मोरङका गरि ८ वटा टीम सहभागी प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । खेल सञ्चालन हुनु अघि मनोरञ्जन प्रदान गर्नका लागि विभिन्न साँस्कृति नृत्यहरु समेत प्रस्तुत गर्ने गरिएको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार