मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

केशु विरहीको अध्यक्षतमा ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ गठन

मोरङ खबर 407+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

मोरङ । लेखक तथा अनुसन्धाता केशु विरहीको अध्यक्षतामा ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन भएको छ । बेलबारी बहुमुखी क्याम्पस, बेलबारी, मोरङको सभाहलमा आयोजित मोरङ जिल्लाका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूको भेलाले विरहीको अध्यक्षतमा १३ सदस्यीय तदर्थ समितिको गठन गरेको  हो । 

तदर्थ समितिमा विष्णु भण्डारी आचार्य (उपाध्यक्ष), नवराज पोखरेल ‘नवशिला’ (सचिव), गीता कुलुङ राई (सहसचिव), चिरञ्जीवी काफ्ले (कोषाध्यक्ष) रहेका छन् । 

यस्तै ३ सदस्य पछि थप्नेगरी गठित समितिका अन्य सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री र लक्ष्मीप्रसाद फुयाँल रहेका छन् । 

साहित्यिक भेलामा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, अग्रज स्रष्टा रामविक्रम थापा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुलीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रकाश भट्टराई, रमेशचन्द्र अधिकारी, खेमचन्द्र अधिकारी, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, सन्तोष सुन्दास, दुर्गा न्यौपाने रूपाखेती, शान्ता भट्टराई, एकराज भट्टराई, लगायतका स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । 

आर्थिक कोषका अभावमा गठन भएको केही वर्षमै बन्द हुने कुरालाई मध्यनजर गर्दै आफूहरूको विशेष ध्यान संस्थाको अक्षयकोष निर्माणमा रहेको नव गठित तदर्थ समितिका सचिव नवराज पोखरेल नवशिला बताउँछन् । 

पछिल्लो समय साहित्यिक संस्था साहित्यिकजस्ता नभएर कुनै अमुक राजनीतिक पार्टीका भातृ संस्थाजस्ता बनेकाले साहित्यलाई साहित्यजस्तो बनाउन आफूहरू लागिरहेको नव गठित संस्थाका अध्यक्ष केशु विरही बताउँछन् ।    

तदर्थ समितिको गठनपूर्व भाषा, साहित्य तथा कलाका क्षेत्रका विभिन्न व्यक्तिहरूसँग औपचारिक तथा अनौपचारिक रूपमा भेटघाट तथा छलफल गरिएको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार