मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

२१४ रनको लक्ष्य ‘डिफेन्ड’ गर्दै भारत एसिया कपको फाइनलमा

मोरङ खबर 407+ समाचार ( )
२७ भाद्र २०८०, बुधवार

कोलम्बो । लो स्कोरिङ खेलमा घरेलु टोली श्रीलङ्कालाई ४१ रनले पराजित गर्दै भारतले जारी एसिया कपको फाइनलमा स्थान बनाएको छ।

सुपर फोरको खेलमा भारतले २ सय १४ रनको मात्र लक्ष्य दिएर पनि जित हात पारेको हो। श्रीलङ्का ४१.३ ओभरमा १७१ रनमा समेटियो।

भारतका कुलदिप यादवले ४ तथा जसप्रित बुमराह र रवीन्द्र जडेजाले २र२ विकेट लिए । ९९ रन जोड्दा ६ विकेट गुमाएको श्रीलङ्का कुनै समय १६२-६ को अवस्थामा थियो । तर ४१ रनमा खेलिरहेका धनञ्जय डे सिल्भालाई रवीन्द्र जडेजाले आउट गरेपछि श्रीलङ्का संकटमा परेको थियो ।

श्रीलंकाका दुनिथ वेल्लालेजले अविजित ४२ रन बनाए । उनले नै ५ विकेट लिएपछि भारत ५ बल बाँकी रहँदा २१३ रनमा समेटिएको थियो ।

सुपर फोरको पहिलो खेलमा भारतले पाकिस्तानविरुद्ध ३ सय ५६ रन बनाउँदै २ सय २८ रनको जित हात पारेको थियो ।

अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलको विजेताले फाइनलमा स्थान बनाउने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार