मुख्य समाचार
बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन |

लेटाङ नगरपालिकाद्वारा नीति तथा कार्यक्रम निर्माणका लागि नगरवासीसँग सुझाव माग

मोरङ खबर 474+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

लेटाङ । लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२ । ०८३ को नीति तथा कार्यक्रम निर्माणका लागि नगरवासीसँग सुझाव माग गरेको छ । नगरपालिकाले विहीबार एक सूचना जारी गर्दै नगरको नीति तथा कार्यक्रम निर्माणका लागि २०८२ वैशाख ७ गते भित्र सुझाव पठाउन सूचति गरेको हो ।  

लेटाङ नगरपालिकाले सिमित स्रोत साधनको उच्चतम उपयोगमार्फत संस्थागत विकास सुशासन प्रवर्धन र विकास निर्माणका कार्यहरु संचालन गर्न आवश्यक नीतिगत ब्यवस्थाका लागि सम्पुर्ण राजनीतिक दल, संघसंस्था, राष्ट्रसेवक, समाजसेवी तथा सवै नगरबासीहरुमा सुझावहरुको अपेक्षा गरेको सूचनामा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८२ । 0८३ मा लेटाङ नगरपालिकाको नगरसभाको अधिवेशनले पारित गर्ने नीति तथा कार्यक्रममा समावेश गर्न सकिने कार्यान्वयन योग्य तथा रचनात्मक सुझावहरु वैशाख ७ गते भित्र इमेल वा पत्रमार्फत पठाउन नगरपालिकाले अनुरोध गरेको छ ।  

लेटाङ नगरपालिकाको कार्यालय, नगरसभाको सचिवालय, मोरङ मा सिधै पत्र पठाउन वा letangmunicipality@gmail.com मा इमेलबाट सुझाव पठाउन सकिने नगरपालिकाले जनाएको छ । 

सुझाव पठाउँदा निम्न विषयहरुलाई समेटेर पठाउन सकिने पनि सूचनमा उल्लेख गरिएको छ । 

१. आर्थिक विकास सम्वन्धी नीति ( कृषि, पशुपंक्षी, उद्यम, सहकारी, श्रम, रोजगार, पर्यटन, राजश्व लगायत )

२. सामाजिक विकास सम्वन्धी नीति ( शिक्षा, स्वास्थ्य, महिला बालबालिका, जेष्ठनागरिक, अपाङ्गता, विभिन्न लक्षित समुह, खेलकुद, न्यायिक मेलमिलाप, पञ्जिकरण, संघ संस्था सवलिकरण लगायत ) 

३. पूर्वाधार विकास सम्वन्धी नीति ( सडक, पुल, खानेपानी, सिचाई, भवन लगायत )

४. सुशासन तथा अन्तर सम्वन्धी नीति ( वन वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत सुधार, क्षमता विकास, सार्वजनिक जग्गा संरक्षण, प्रविधिमैत्री सार्वजनिक सेवा, नागरिक सन्तुष्टी अभिबृद्धि लगायत )

  नगरपालिकाले चैत्र ५ गतेदेखि आगामि आर्थिक वर्षको नीति निर्माण थालेकोमा वैशाख १० गते निर्माण सम्पन्न गरि कार्यपालिकामा पेश गर्ने कार्यतालिका रहेको नगरपालिकाका योजना शाखा प्रमुख चेतनाथ गौतमले जानकारी दिनुभयो । 

हेर्नुहोस् सूचना :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार