मुख्य समाचार
इटहरीमा खुल्यो रिसोर्स एजुकेशन हब | लेटाङ राजारानीमा होमस्टे सञ्चालनका लागि रैथाने परिकार बनाउने तालिम सञ्चालन (भिडियोसहित) | लेटाङ जाँतेमा हर्सोल्लासपूर्वक मनाइयो उभौली पर्व, किराँत संग्राहलय तथा भ्यूटावर सञ्चालनमा (भिडियोसहित) | अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई झोला वितरण (भिडियोसहित) | लेटाङ ९ जाँतेमा भव्यताका साथ मनाइयो वुद्ध जयन्ती, विविध साँस्कृतिक झाँकी प्रदर्शन | ‘सुनौलो जून’ हाइकुसंग्रह लोकार्पण | निरौला वन्धू सेवा समाज लेटाङको तेश्रो अधिवेशन तथा उभौली गोठधुप पूजा सम्पन्न | लेटाङमै सुरु भयो क्यान्सरको विशेषज्ञ सेवा, अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो (भिडियोसहित) | लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना (भिडियोसहित) | लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने (भिडियोसहित) |

कमलपुर सामुदायिक वनद्वारा ४५ जना उपभोक्ताको निःशुल्क विमा

मोरङ खबर 368+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

लेटाङ । लेटाङ ३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहले आर्थिक रुपमा विपन्न उपभोक्ताहरुको स्वास्थ्य विमा कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको छ । आइतबार कमलपुरस्थित सामुदायिक वन उपभोक्ता समूहको सभहलमा विशेष कार्यक्रम गरि समुदायिक वन समूहले ४५ जना उपभोक्ताको विमा गराइ दिएको छ । सामुदायिक वनले विमा अभिकर्तालाई नै कार्यक्रममा बोलाएर ४५ जना मध्ये १७ जनाको नयाँ विमा तथा १८ जनाको विमा नविकरण गराएको हो । 

वन उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता तथा लेटाङ ३ का वडाध्यक्ष डम्बरबहादुर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विमा कार्यक्रममा सहभागी भएका सबै उपोक्ताहरुलाई विमा कार्ड हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय उपमहासचिव सीता श्रेष्ठ, सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका कोषाध्यक्ष इन्दु चौधरी, सामुदायिव वन उपभोक्ता महासंघ लेटाङका अध्यक्ष आनन्दसागर तिम्सिना, लेटाङ ३ की वडासदस्य शरणकुमारी विक, शव डिभिजन वन कार्यालय लेटाङका सहायक वन अधिकृत स्वस्तिकनन्द सुवेदी,लगायतले विमा गराएका उपभोक्ताहरुलाई विमा कार्ड हस्तान्तरण गर्नुभयो ।  

कार्यक्रममा बोल्दै वडाध्यक्ष डम्बर बहादुर राईले सामुदायिक वन उपभोक्ता समूहले निस्पक्षरुपमा विभिन्न परिवारका उपभोक्ता छनौट गरि विमा कार्यक्रममा समावेश गराएको जानकरी दिनुभयो । वडाध्यक्ष राईले वडाले समेत विभिन्न टोलबाट विपन्न परिवार छनौट गरि विमा गराउँदै आएको भन्दै त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले कलमपुर सामुदायिक वनले सामाजिक क्षेत्रका धेरै कार्यक्रम सञ्चालन गरेर उपभोक्ताहरुलाई सहयोग पुर्याउँदै आएको भनि प्रशंशा गर्नुभयो । 

यस्तै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहले विभिन्न सामाजिक काम गर्ने क्रममा विपन्न परिवारको विमा कार्यक्रम सञ्चालनलाई निरन्तरता दिंदै आएको जानकारी दिनुभयो । उहाँले सँधैभरि वन समूहको भर पर्ने भन्दा पनि उपभोक्ता स्वयम सचेत भएर विमा गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले विमा गराएपछि विरामी हुँदा मात्र नभएर वर्षमा एक–दुई पटक नियमित रुपमा स्वास्थ्य जाँच गर्न आग्रह गर्दै स्थानीय सरकारी स्वास्थ्य सँस्थाबाट सेवा लिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारबाट नमुना सामुदायिक वनको रुपमा पुरस्कृत समेत भइसकेको कमलपुर सामुदायिक वन उपभोक्ता समूहले सामाजिक क्षेत्रमा काम गर्ने क्रममा कृषि सामाग्री वितरण, झुल वितरण, घर निर्माण र बालकक्षा सञ्चालन जस्ता काम गर्दै आएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार