मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

प्रदेश पुन नामाकरण संघर्ष समितिलाई वार्ताका लागि कोशी प्रदेश सरकारको औपचारिक पत्र

मोरङ खबर 394+ समाचार ( )
२९ जेठ २०८०, सोमबार

 विराटनगर ।  प्रदेश नम्बर १ पुन नामकरण संघर्ष समितिलाई कोशी प्रदेश सरकारले वार्ताका लागि औपचारिक पत्र पठाएको छ । प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत  संघर्ष समितिलाई कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र पठाएको हो । पत्रमा कोशी प्रदेश नामाकरण भएपछि नामाकरणका विषयमा केही समयदेखि असन्तुष्टी र विरोधका घटना हुँदै आएकोले प्रदेश नामाकरणका सम्बन्धमा असन्तुष्ट पक्षहरुसँग वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरिएको छ । पत्रमा वार्ता प्रयोजनका लागि प्रदेश सरकार, कोशी प्रदेश मन्त्रिपरिषद्को २४ गतेको निर्णयअनुसार वार्ता समिति गठन भएको समेत उल्लेख गरिएको छ । 

सरकारले खानेपानी सिंचाई तथा उर्जा तथा स्वास्थ्य मन्त्री तिल कुमार मेन्याङ्बोको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटौला हुनुहुन्छ। फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय उनीहरूको आन्दोलन आक्रामक बन्दै गएपछि सरकार पक्षले वार्ताका लागि आह्वान गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार