मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरिने (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिकाले नगर क्षेत्रमा डेंगु रोगको प्रकोप फैलिन नदिन तयारी थालेको छ । नगरपालिकाले विहीबार नगर क्षेत्रका सरोकारवालाहरुलाई भेला गराएर डेंगु रोग रोकथाम तथा नियन्त्रणको अभियान थालेको हो । 

लेटाङ नगरपालिकाको आयोजना तथा विश्वास परियोजनाको प्राविधिक सहयोगमा नगरपालिकाको सभाहलमा भएको छलफलमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले डेंगु रोगको विषयमा जानकारी गराउँदै नियन्त्रणका लागि अपनाउनुपर्ने उपाय बारे बताउनुभयो ।

उहाँले डेंगु नियन्त्रणका लागि फगिङ र विशादी छिट्ने भन्दा पनि खोज र नष्ट गर अभियान नै प्रभावकारी हुने भन्दै त्यसतर्फ काम गर्न नगरपालिकालाई सुझाव दिनुभयो । डेंगु फैलाउने एडिज प्रजातिको लामखुट्टेले सफा पानीमा अण्डा पार्ने र त्यसबाट धेरै संख्यामा लामखुट्टे उत्पादन भइ डेंगु फैलाउने भएकाले घर वरिपरि पानी जम्न नदिनेतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

डेंगु फैलाउने लामखुट्टेको लार्भा खोजी गर्ने र नष्ट गर्ने अभियान हरेक ७ दिनमा सञ्चालन गर्न सके डेंगु नियन्त्रणमा प्रभावकारीता आउने उहाँले बताउनुभयो । 

छलफलपश्चात डेंगु नियन्त्रणका अन्य विधि भन्दा खोज र नष्ट गर अभियान नै प्रभावकारी र उपयोगी रहेको निश्कर्ष निकालिएको छ । कार्यक्रममा सहभागी सरोकारवालाहरुले समेत डेंगु रोग नियन्त्रणका लागि गर्नुपर्ने काम बारे नगरपालिकालाई सुझाव दिएका छन् । अब डेंगु नियन्त्रणका लागि वडावडामा समिति निर्माण गरि टोलटोलमा पुगेर खोज र नष्ट गर अभियान सञ्चालन गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव रिजालले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नगरमा डेंगु रोग देखापरिसकेकाले यसको नियन्त्रणका लागि नगरपालिका संवेदनशील भएर लागिपरेको बताउनुभयो । नगरपालिकाको एक्लो प्रयासले मात्र डेंगु रोग नियन्त्रण गर्न नसकिने भन्दै उहाँले सबै नगरवासीलाई सचेत भएर खोज र नष्ट गर अभियानमा साथ दिन आग्रह गर्नुभयो । उहाँले डेंगुको विरामी भएको अवस्थामा नगरपालिकाले नगर अस्पतालमै उपचार गर्ने व्यवस्था मिलाएको समेत जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार