मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो

रेवती रमण निरौला 149+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

लेटाङ । नेपालीहरूको महान चाड बडादशैं अन्तरगत आज सप्तमी तीथि अर्थात फूलपाती भित्र्याउने दिन । देशभरका विभिन्न ठाउँमा झै आज मोरङको लेटाङस्थित नेपाली सेनाको पूर्वी पृतना सैनिक तालिम शिक्षालयमा पनि विधिपूर्वक भव्यरुपमा बाजागाजासहित फुलपाती भित्र्याइएको छ । 

पूर्वी पृतना सैनिक तालिम शिक्षालयको आयोजना तथा लेटाङ नगरपालिकाको समन्वयमा भएको फूलपाति बढाईं कार्यक्रम अन्तरगत लेटाङ–३ स्थित पञ्चकन्या कालिका मन्दिरबाट फूलपाति भित्र्याइएको हो । 

लेटाङ ४ स्थित सैनिक शिक्षालयबाट नेपाली सेनाको टोली र पञ्जेबाजाको टोलीसहित लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरु, शिक्षालय प्रमुख,  प्रहरी, नगर प्रहरी, स्थानीयवासी लगायतको सहभागितामा निस्किएको फूलपाति शोभायात्रा वीपी चोक हुँदै लेटाङ ३ विरनस्थित पञ्चकन्या कालिका मन्दिरमा पुगेको थियो । 

सो अवसरमा नेपाली सेनाले फुलपाति बढाईको सलामी अर्पण गर्नुका साथै तोम सलामी पनि अर्पण गरेको थियो । 

मन्दिरमा धार्मिक विधिपूर्वक पूजापाठ गरेपश्चात शोभायात्रा विरानस्थित नगर अस्पताल हुँदै गंगेचोक पुगेर वीपी चोक हुँदै पुनः शिक्षालयमा पुगेर सम्पन्न भएको थियो । 

कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला पोखरेल, पूर्वी पृतना सैनिक तालिम शिक्षालयका प्रमुख, लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राई र लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठसहितका जनप्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नगरवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

जनसहभागितामा सामूहिक रूपमा फुलपाती भित्र्याउने परम्पराले समाजमा एकता, भाईचारा र सहकार्यको भावना प्रगाढ बनाएको देखिएको छ । 

धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा नेपालीहरूले दशैंको फुलपातीको दिनलाई विशेष श्रद्धा र उल्लाससहित मनाउँदै आएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार