मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा सम्पन्न प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको उपाधि पथरीशनिश्चरेलाई, लेटाङ उपविजेता

रेवती रमण निरौला 160+ समाचार ( )
२० पौष २०८१, शनिबार

लेटाङ । लेटाङमा सम्पन्न प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको उपाधि पथरीशनिश्चरे नगरपालिकाले जितेको छ । फाइनल खेलमा आयोजक लेटाङ नगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै पथरीशनिश्चरेले उपाधि जितेको हो । उपाधि विजेता पथरीशनिश्चरे नगरपालिकाले ट्रफिसहित नगद १ लाख हात पारेको छ भने उपविजेता लेटाङ नगरपालिकाले ट्रफीसहित नगद ५० हजार पाएको छ ।  

फाइनल खेलको पहिलो हाफमा लेटाङ नगरपालिकाका सौलेन लामाले गोल गर्दै लेटाङलाई पहिलो हाफसम्म १–० को अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा सौरे राउतले लागातार २ गोल तथा मिक्चेन दासले १ गोल गरेपछि पथरीशनिश्चरे नगरपालिकाले ३–१ को सहज जित हात पारेको हो । फाइनल खेलमा दुई गोल गरेका राउत म्यान अफ द म्याच घोषित भएका छन् । 

प्रतियोगितामा पथरीशनिश्चरेका समीर क्षेत्री उत्कृष्ट गोलकिपर, पथरीशनिश्चरेका सुवास तामाङ उत्कृष्ट डिफेन्डर, लेटाङका सन्दिप ठाडा मगर उत्कृष्ट मिडफिल्डर तथा पथरीशनिश्चरेका सौरे राउत उत्कृष्ट स्ट्राइकर घोषित भए । यस्तै पथरीशनिश्चरेका मिक्चेन दास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा लेटाङका सौगात राई उदयीमान खेलाडी घोषित भएका छन् । 

फाइनल समारोहका प्रमुख अतिथि लेटाङ नगरपालिका नगरप्रमुख भुपेन्द्र कुमार लावती, कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्र प्रसाद घिमिरे, लेटाङ नगरपालिकाका पूर्व नगरप्रमुख शंकर राई, मोर्डन पेन्टाथलन खेलकी राष्ट्रिय प्रशिक्षक शान्ति पाख्रीन लामा, पथरीशनिश्चरे नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल लगायतले विजेता खेलडाीहरुलाई पुरस्कार तथा ट्रफि प्रदान गर्नुभयो । 

कार्यक्रममा लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, खेल क्षेत्रका अगुवाहरु, स्थानीय संघसंस्था प्रतिनिधिहरू लगायतको उपस्थिति थियो ।   उज्यालो जीवन प्रतिष्ठान लेटाङको आयोजना तथा चिसाङ भ्याली क्लबको सहआयोजनामा प्रस्तावित बुद्ध रंगलामा पुस १३ देखि सुरु भएको प्रतियोगिता आज शनिबार सम्पन्न भएको प्रतियोगितामा उत्तरी मोरङका आठ वटा पालिकाहरूको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार