मुख्य समाचार
नोवेल एजुकेशन लेटाङ–८ जाँतेमा विज्ञान प्रदर्शनी सम्पन्न (भिडियोसहित) | सुन्दरहरैँचा विराट एक्स्पोको तयारी तिव्र, (अध्यक्ष नारायण कार्कीसँगको विशेष कुराकानी) | लेटाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मेसन तालिम सञ्चालन (भिडियोसहित) | उपमेयर पक्षको माग पुरा गर्ने मेयरको प्रतिवद्धतापछि इटहरीको विवाद साम्य (भिडियोसहित) | इटहरीमा मेयर र उपमेयरको विवाद बढ्दो, मेयरले मनलाग्दी गरेको आरोप | लेटाङमा फागुन ३ देखि खेलकुद महोत्सव हुँदै, ९ विधामा प्रतिस्पर्धा | शैक्षिक परामर्श व्यवसायलाई प्रदेश मातहत राख्न व्यवसायीहरुको माग | लेटाङमा बाँसका फर्निचर बनाउने तालिम सुरु | एमाले मोरङको १० औँ जिल्ला अधिवेशनको तयारी तिव्र, फागुन १० गते एकैदिन प्रतिनिधि छनौट गरिने | प्रेस चौतारी सुनसरीले यसरी मनायो स्थापना दिवस |

उर्लाबारीमा तेश्रो प्याव्सन स्पोर्टस् मीट हुँदै, पाँच सय विद्यार्थी सहभागी हुने

मोरङ खबर 340+ समाचार ( )
११ पौष २०८०, बुधवार

- निश्चल ढकाल

उर्लाबारी, ११ पुष । उर्लाबारी नगर प्याब्सनको आयोजनामा पुष १२ गतेदेखि १४ गतेसम्म ‘तेस्रो प्याब्सन स्पोर्टस मिट’ हुने भएको छ । आज उर्लाबारी ७ स्थित प्याब्सनको कार्यालयमा पत्रकार सम्मेलन गरि प्याप्सन उर्लाबारीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सँगसँगै प्रयोगात्मक सिकाई प्रकृयालाई शारिरिक तन्दुरुस्तिसँग जोड्ने उद्देश्यका साथ स्पोर्टस् मिट गर्न लागिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उर्लाबारी नगर प्याब्सनका अध्यक्ष दिनेश पोख्रेलले मोफसलमा रहेका प्रतिभावान खेलाडी तथा खेलाडी हुने तिव्र इच्छा बोकेका विद्यार्थीहरुलाई ‘स्पोर्टस मिट’ मा सहभागी गराएर देश तथा अन्तर्राष्ट्रिय जगतसम्म आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्ने बनाउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उर्लाबारी ३ मंगलबारेमा रहेको प्रस्तावित उर्लाबारी रंगशालमा हुने प्रतियोगितामा उर्लाबारीमा रहेका २१ वटा सँस्थागत विद्यालयका ५ सय खेलाडी विद्यार्थीहरुको सहभागिता रहने प्याब्सन उर्लाबारीले जनाएको छ ।

प्रतियोगितामा कक्षा ८ सम्म छात्रहरुका लागि फुटसल, माध्यमिक तहका छात्रहरुका लागि फुटवल तथा छात्र र छात्रा दुवैका लागि भलिवल प्रतियोगिता हुने जनाइएको छ ।  विजेता खेलाडी विद्यार्थीहरुले ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा प्रतियोगिता संचालनका लागि अनुमानित ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले १ लाख रुपैयाँ सहयोग गरेको तथा अन्य रकम खेलाडीको ईन्ट्री दस्तुर र बाँकी रहेको खर्च प्याब्सनले नै बेहोर्ने गरी व्यवस्थापन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार